back

तपाईको आज नयाँ वर्ष २०८१ साल वैशाख १ गते, शनिवारको राशिफल भन्छ-आज यी ९ राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०८१ वैशाख १ शनिवार

2.9K 

shares
RBB AD
NTC AD

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। नियमित काममा मनग्य फाइदा हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो काम सुरुवात हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। काम बन्नाले साँझतिर मनग्य धनलाभ हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। खर्च अभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। भौतिक साधनहरू प्राप्त हुनेछन्। साँझतिर खर्च बढ्नेछ र काममा बाधा पुग्नेछ। केही सञ्चित रकम पनि बाहिरिन सक्छ। परिस्थितिजन्य समस्याले दुःख पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। सामाजिक कामको दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अरूका काममा समय खर्चनुपर्ला। तापनि आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। समस्या दर्साएर पनि काम बनाउन सकिनेछ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्याहारिक समस्याले योजना रोकिन सक्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। काम रोकिने र बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान प्रप्त हुने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिए पनि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन्। हठले अप्ठ्यारो पार्न सक्छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ। साँझदेखि व्यापारमा फाइदा र अध्ययनमा प्रगति हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। साँझतिर सम्बन्ध बिग्रनाले साथीभाइ टाढिन सक्छन्। आफन्तसमेत टाढिने भयले सताउन सक्छ।

२०८१ वैशाख १ गते, शनिवार (१३ अप्रिल २०२४)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

वि.सं.२०८१ वैशाख १ शनिवार ०६:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कालिका मन्दिरमा चैते दसैँमा ४० लाखभन्दा बढी भेटी सङ्कलन

कालिका मन्दिरमा चैते दसैँमा ४० लाखभन्दा बढी भेटी सङ्कलन

बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ...