back

भूमिगत तार पड्किपछि विद्युत् सेवा अवरुद्ध

वि.सं.२०८१ वैशाख ५ बुधवार

408 

shares
RBB AD
NTC AD

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो ।

अरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिए । उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए ।

आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताए । “आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन”, उनले भने । निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक-पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली-जगतपुर-माडी ३३ केभी सव-प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जीनीयर सापकोटाले बताए ।

पटक-पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् ।
रासस /सांकेतिक फोटो

वि.सं.२०८१ वैशाख ५ बुधवार १३:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा...

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंकले कपिलवस्तुमा आफ्नो चौथो एक्स्टेनसन काउन्टर सन्चालनमा...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्षको...

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

आगलागीसम्बन्धी सर्वसाधारणमा प्रहरीको १२ बुँदे अनुरोध

काठमाडौँ । सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने...