back

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ : अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार

78 

shares
RBB AD
NTC AD

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताए ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिएका वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

अर्थमन्त्रीले विकसित देशहरुलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गरे । उनले नेपालजस्ता देशले सामना गर्नुपरेका जलवायु प्रभावजन्य जोखिम घटाउन विश्वसमुदायको साथ र सहयोग अपरिहार्य भएको बताए ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावका कारण नेपालका निर्धन एवं सीमान्तकृत वर्गले भोग्नुपरेका समस्याबारे जानकारी दिँदै जलवायु परिवर्तनका प्रभाव वृद्धिमा नेपालको कुनै योगदान नरहेको दोहोर्यए। उनले जलवायु परिवर्तन प्रभावका कारण अनपेक्षित रुपमा नेपालमा वर्षा, बाढी, पहिरो र खडेरी बढिरहेको जानकारी पनि दिए । त्यसबाट प्रकृतिक विपत्ति थपिएका र दिगो विकासका प्रयास, मानव स्वास्थ्य एवं जनजीविकामा असर परेको उनले बताए ।

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति...

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

रोशीमा आगलागी हुँदा पन्ध्र घर नष्ट

रोशीमा आगलागी हुँदा पन्ध्र घर नष्ट

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा...

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

राजनीतिक दलको सदस्य रहेका शिक्षकमाथि कारबाही गरिने चेतावनी

नवलपरासी । शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (बर्दघाट सुस्तापूर्व)...

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि जाउँ हिँड रेसुङ्गा’ अभियान संचालन गरिने

काठमाडौँ । गुल्मीको रेसुङ्गालाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन...

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

ललितपुरको डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा...