back

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वि.सं.२०८१ वैशाख ११ मंगलवार

303 

shares
RBB AD
NTC AD

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।

वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए । “सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ”, उनले भने, “ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए ।

आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा रु १० लाख ६३ हजार बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी रु आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु चार लाख ८० हजार बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा रु ११ लाख ६० हजार बराबरको क्षति भएको छ ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको रु छ लाख २३ हजार बराबरको क्षति भएको छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए ।

यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो ।

 

वि.सं.२०८१ वैशाख ११ मंगलवार १०:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुने प्राधिकरणको चेतावनी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने...

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

निरन्तरको आगलागीका कारण बझाङका अधिकांश भूभाग अँध्यारो

चैनपुर, (बझाङ) । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी...

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा...

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

कामपाद्वारा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुँदै, सहभागि हुन यस्तो कागजात चाहिने…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासिलाई निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन...

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

महानरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०...

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रम हैन दिवा सेवा केन्द्र आवश्यक’

काठमाडौँ । ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको सङ्ख्या बढाउनुपर्नेमा...