back

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन

वि.सं.२०८१ वैशाख १६ आइतवार

186 

shares
RBB AD
NTC AD

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गरेका छन् ।

सम्मेलनमा लगानीका लागि एक सय ५१ परियोजना प्रस्तुत गरिएका छन् भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् । साथै १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने कार्यक्रम छ ।

यसअघि २०७३ साल फागुन १९ र २० गते पहिलो तथा २०७५ चैत १५ र १६ गते दोस्रो लगानी सम्मेलन आयोजना गरिएको थियो ।

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता लिनु पर्दैन : अध्यक्ष ओली

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता लिनु पर्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ...

पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र

पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय...

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुँदै

ट्रान्सजेन्डर महिलाको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता हुँदै

काठमाडौँ । यौनिक तथा अल्पसङ्ख्यक (ट्रान्सजेन्डर) महिलाहरूको बौद्धिक तथा सौन्दर्य...

नेता निधि भन्छन्-संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ

नेता निधि भन्छन्-संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ

जनकपुरधाम । नेपाली कांगे्रसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी...

बजेट अभावले ठूला योजना प्रभावित

बजेट अभावले ठूला योजना प्रभावित

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र...

सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’गरेपछि सगरमाथा आरोहण सुरु

सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’गरेपछि सगरमाथा आरोहण सुरु

काठमाडौँ । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ...