back

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

वि.सं.२०८१ माघ २८ सोमवार

591 

shares

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौं महानगरपालिका-२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिए । उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए ।

प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी छ ।

वि.सं.२०८१ माघ २८ सोमवार ०७:३४ मा प्रकाशित

Himalayan Life AD
सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । मुस्ताङ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा...

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको...

नेकपा एमालेको बन्दसत्र सुरु

नेकपा एमालेको बन्दसत्र सुरु

काठमाडौं । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ । आइतबार...

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

त्रिभुवन विश्वविद्यालयमा हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी सुरु

काठमाडौँ । ‘हिमालयन रिम क्षेत्रीय चलचित्र प्रदर्शनी – २०२५’ त्रिभुवन...