back

एकताबद्ध एनआरएनए र मनन गर्नुपर्ने बिषयहरु

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

2.1K 

shares

पछिल्लो एनआरएनए एकता र यस एकतालाई सार्थकतासहित सफल पार्न सबै जिम्मेवार पक्षले जिम्मेवार भएर सोच्न र मनन गर्नु पर्ने केहि कुराहरु राख्न चाहान्छु ।

जब संस्था वा समाजको स्थापना गर्दा निर्धारण गरेका प्राथमिकता र लक्ष्य संस्था अथवा अभियानको रुपमा फैलिदै जान्छ र समय अनुकुल आवश्यकता फरक पर्न थाल्दछन् तब यसले समय सुहाउँदो आकार परिमार्जित सहित रुपान्तरित हुँदै जानु पर्ने हुन्छ । एनआरएनए भित्रको समस्या पनि यहि वरीपरीको हो । सूचना प्रविधिको विकास नहुँदा र पढ्न गएका विद्यार्थी र श्रमिकहरुका सीमित लक्ष र उद्देश्य प्राप्तिका अवधारणासहित सन २००३ मा यो संस्था मुस्किलले स्थापना गरेका थियौं । आजको आधुनिकरण, सुचना प्रविधिको चाप र दिनानु दिन बढ्दै गरेको नेपाली डायस्पोराको संख्या करिब ८० लाख भन्दा माथि अनि ९० देशमा फैलिदैं गरेको नेटवर्क सुहाउँदो संरचनाको कमि हुनु नै हामी बिचको समस्याको मुख्य कारण हो ।

प्रविधिमैत्री संरचनाको कमि हुँदै गर्दा समाजको विविधिकरण, एक आपसमा विचारको भिन्नता र एकअर्कामा स्वीकार्यताको कमिले मूल रुप लिँदा विग्रहको अवस्था आएको हो । १० औँ महाधिबेसन देखि आजसम्म आउँदा कहिले ३ जनाको अध्यक्षता सहितको जम्बो कार्यसमिति त कहिले दुईजनालाई अध्यक्ष बनाएर पनि समस्याका समाधान गर्ने धेरै कोशिस भए । तर एकअर्काप्रतिको अस्वीकार्यताले स्थान जमाएर कहिले अदालत त कहिले तत् बखतका सरकारसँग मुद्धा मामिला अनि एक आपसमा मनमुटाब र खिचातानी, एक पक्षले अर्काे पक्षलाई सामाजिक अनि व्यक्तिगत स्तरबाटै खुईल्याउने सम्मका काम हुँदा कताकता हामी सबैलाई दुखी तुल्याएकै थियो तर पनि मिल्ने मिलाउने पहलकदमी भई नै रहेको बखत ११ औँ महाधिबेसनको माहोल शुरु भयो । नेपालमा सरकार परिवर्तनसँगै पार्टी फुटको प्रभावमा फेरि नेताहरुको पार्टी फुटको इगोको हतियार साथै नेपालमा रहेका विभिन्न क्षेत्र अनि संचार माध्यमहरुले पनि आम एनआरएनएकर्मीहरुमा दिग्भ्र्रमित हुने खाले सूचना सम्प्रेषणसहित संस्थाका नेतृत्वकर्ताहरुलाई उनीहरुले थेग्न सक्ने भन्दा बढी बढावा दिने तथा संचारमाध्यम मार्फत राजनैतिक मुद्दा बनाई मुठभेड गराउने स्थिति पैदा भएर हामीहरु संस्थागत बहादुरीको आफ्नै खाले व्याख्या तिर लाग्नाले दुरी झन झन् बढेको कुरा नकार्न सकिदैन । आज नेपालमा भएको अपत्यारिलो विध्वंस र विखण्डित सामाजिक मनोविज्ञानलाई हेर्दा एकपटक सबैले आ–आफ्ना फरक मतलाई बिर्सेर अब एकताबद्ध हुने संकल्पसहित सम्माननीय प्रधानमन्त्रिका अगाडी हस्ताक्षर गरि दिगो एकताका निमित्त प्रण गरेका छौँ । तर यो एकता कायम राख्न अनगिन्ति चुनौतीहरु पनि छन् र आगामी चुनौतीका सामना सहितको समाधान पनि गर्नु पर्नेछ ।

अब हामीले पहिलो गर्नुपर्ने कुरा भनेको संस्थाको २३ बर्षे इतिहास र यी बिचमा हामीले भोगेका भोगाईलाई एउटा अनुभवको रुपमा लिएर अघि बढ्न जरुरी छ । अनि हाम्रा तत्तत् समयका नेतृत्वकर्ताहरुलाई स–सम्मान मार्गनिर्देशकका रुपमा राख्ने, आज भन्दा पहिलाका अनुभवलाई र योगदानहरुलाई सस्थाको अनुभव र सम्पतिका रुपमा राखेर अगाडी बढ्ने । हामीमा सधैं समस्या आउने भनेको विधान र विधानत गर्ने निर्वाचन प्रणालीमै हो तसर्थ अब आउने कार्यसमितिलाई अन्तरिम कार्यसमिति बनाउँ र सकेसम्म आम सहमति नभए पनि अधिकतम सहमतिका हिसाबले नेतृत्व छानौं । विज्ञ टोली बनाई उक्त टोलीलाई विश्वाससहित विधान बनाउने निर्वाचन प्रणालीको सुझाव संकलन गरि आजको युग सुहाउँदो सांगठानिक संरचना अनि प्रणाली निर्माण गर्ने जिम्मेवारी दिऊ ।

संस्था स्थापनाका उद्देश्य र प्रवासमा रहेका आम नेपालीहरुलाई ऐक्यबद्धता सहित जोड्दै जाने कुरामा गरिएका प्रयास र संस्थामा आईपरेका समस्या अनि समस्या समाधान सहितको एकताका कुरामा जोड गरौं । क्षेत्रगत हिसाबमा देखिएका समस्या मुख्य गरि श्रमिकका समस्याहरु उठान गर्दै सस्थाले नेपाल सरकारसँग गरेका समाधानका विषय, दोहोरो नागरिकता कार्यान्वयनका विषय, लगानी सम्मेलन र नेपालमा लगानी भित्रयाउने कुरा, श्रम गरेर गन्तव्य मुलुकमा जाने नेपालीहरुका लागि सामाजिक सुरक्षा कोष स्थापना र कार्यान्वयनमा सरकारसँग चालेका कदमको पुर्णता, नेपालमा भैपरि (महाभूकम्प देखि कोरोना कहर जस्ता अन्य विपत्ति) आउँदा सस्थाले गरेको योगदान, आर्थिक सहयोग देखि भारतबाट नाकाबन्दी लगाउँदा सरकारको हौसला प्रदानका निमित्त भारतको उक्त कदमको अन्तर्राष्ट्रिय रुपमा सू–सुचित गर्ने अभियानमा अभिन्न अंग भएर साथ साथ अगाढी बढेको इतिहास निकै महत्वका छन् ।

यस संस्थामा, दोश्रो पुस्तालाई नेपालसँग जोड्ने काम गर्दैगर्दा यस एकतासंगै मर्यादित तरिकाले अझै हामीले गर्नुपर्ने कामहरु धेरै बाँकी छन् । जुन काम माथि व्यक्त गरे जस्तै आगामी एकता अधिबेशनबाट पूर्ण हुने छ भन्नेमा विश्वस्त रहँदै यस अभियानको एक जिम्मेवार व्यक्ति भएको नाताले आगामी दिनमा पनि साथमा रहेर पोलिसी निर्माण देखि एकता अभियानमा फेरि पनि सँगसंगै हुने प्रतिबद्धतासहित सम्पूर्ण एनआरएनकर्र्मी तथा नयाँ जोडिनु भएका साथीहरु लगायत दोस्रो पुस्तालाई हातेमालो गर्दै अगाडी बढ्न अनुरोध गर्दछु ।

क्षेत्री गैरआवासीय नेपालीसंघका पुर्वउपाध्यक्ष तथा हजारे अभियानका परिकल्पनाकार समेत हुन्)

 

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:४८ मा प्रकाशित

Himalayan Life AD
स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

स्वतन्त्र भनिएको सरकार नै रास्वपाको, देश जलाएको जिम्मा किन लिएनन् ?

काठमाडौं । तत्कालिन खड्गप्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द...

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

स्थानीय तहमा समायोजन भएका कर्मचारीको मनोबल, पीडा र समाधानको बाटो

कर्मचारी भनेको राज्यको नीतिगत निर्णयलाई व्यवहारमा उतार्ने, संविधान र कानुनको...

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

गगनलाई सम्झाउँदै जयप्रकाश भन्छन् – यी नामहरु कहिल्यै नबिर्सनु

पूर्वमन्त्री जयप्रकाश आनन्द(जेपी गुप्ता) ले नेपाली काँग्रेसको विशेष महाधिवेशनको पूर्व...

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

कृषि तथा खाद्य: आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ ।  कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको...

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

स्खलित राजनीति र वैकल्पिक शक्तिको कुच्चिएको अनुहार

चुनावको मिति नजिकिँदै जाँदा नेपालको राजनीति अब विचारको बहस होइन,...