back
CTIZAN AD

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

वि.सं.२०८२ मंसिर २६ शुक्रवार

750 

shares

मुस्ताङ । घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्।

स्थानीयवासी सन्तोष परियारको भेडाच्यांग्रा खोरमा हिउँ चितुवा पसेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ।

परियारको मार्फास्थित खोरमा ४५ भेडाच्यांग्रा थिए  एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पठाइएको छ। हिउँद याममा चरनक्षेत्रमा घाँसको अभाव हुने र हिउँ चितुवाको आहारा प्रजाति चरन क्षेत्र खोज्दै बस्ती नजिक आउने गर्छन्।

हिउँ चितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरूको पशुधनमा क्षति पु¥याउने गरेको पाइएको छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँ चितुवा बीचको सहअस्तित्वमा चुनौती देखिएको छ।

यसैका कारण जिल्लाका कतिपय किसान पशुपालन व्यवसाय छोड्न थालेका छन् ।

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १०:२७ मा प्रकाशित

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...