back
CTIZAN AD

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

वि.सं.२०८३ भदौ १७ बुधवार

12 

shares

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न नेप्लिज तेक्वान्दो एकेडेमी राहत सामग्रीसहित नुवाकोट पुगेको छ।

काठमाडौंको डाँछीस्थित एकेडेमीको टोलीले मंगलबार नुवाकोटका बट्टार होल्डिङ सेन्टर र देवीघाट होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो।

एकेडेमीका अनुसार प्रभावित परिवारलाई ट्र्याकसुट, टी–सर्ट, मास्क, प्याड, पानी, चाउचाउ र बिस्कुटलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ।

राहत सामग्री हस्तान्तरणका लागि एकेडेमीका अध्यक्ष, अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री तथा प्रशिक्षक अशोक खड्का, गणेशबहादुर खड्कालगायत प्रतिनिधि नुवाकोट पुगेका थिए।

राहत अभियानमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेको एकेडेमीले जनाएको छ। अभियानमा न्युज ब्वाइज एफसी, लाफा स्पोर्ट्स (पदम राना मगर), गणेशबहादुर खड्का, अनिल परियार, नन्द बिष्ट, आयुष ढुंगेल, उत्सव थापा, शोभा दाहाल, प्रगति कुइकेल, शारदा धिमाल, मीना पौडेल, बिश्मी श्रेष्ठ, देवराज खड्कालगायतले सहयोग गरेका थिए।

एकेडेमीले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। यसअघि २०७२ सालको विनाशकारी भूकम्प र कोभिड–१९ महामारीका समयमा समेत राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको एकेडेमीले विपद्मा परेका तथा असहाय नागरिकलाई निरन्तर सहयोग गर्दै आएको बताएको छ।

वि.सं.२०८३ भदौ १७ बुधवार १२:१३ मा प्रकाशित

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...