back
CTIZAN AD

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

वि.सं.२०८३ भदौ १७ बुधवार

18 

shares

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई वित्तीय सेवा सहज बनाउने उद्देश्यले व्यावसायिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूले आफ्नो व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कुनै पनि ब्रान्डका सवारीसाधन खरिद गर्न तथा व्यवसाय विस्तारका लागि मुक्तिनाथ विकास बैंकबाट सरल र आकर्षक सहुलियतपूर्ण ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नेछन् ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धर र ढुवानी व्यवसायी महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका हुन् । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले उक्त जानकारी दिएका छन् ।

बैंकका अनुसार यस सहकार्यबाट ढुवानी व्यवसायीलाई सेवा तथा व्यवसाय विस्तारका लागि सहज रूपमा वित्तीय स्रोत उपलब्ध हुनुका साथै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासंघमा आबद्ध सदस्यहरूले देशभर रहेका बैंकका १७६ वटै शाखा कार्यालयबाट उक्त कर्जा सुविधा लिन सक्नेछन् ।

यसैबीच, मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकका लागि अटो कर्जा, कृषि कर्जा तथा साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना सञ्चालनमा ल्याएको जनाएको छ ।

 

वि.सं.२०८३ भदौ १७ बुधवार १३:५० मा प्रकाशित

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

हेटौंडा–काठमाडौं आवागमनका लागि यी हुन् वैकल्पिक सडक

काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन...

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...