काठमाडौं । सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन दुईवटा प्रमुख वैकल्पिक सडकमार्ग प्रयोगमा ल्याउने व्यवस्था गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सडकमा हुने दोहोरो चाप कम गरी सुरक्षित यात्रा सुनिश्चित गर्न एकतर्फी आवागमन प्रणाली लागू गरिएको हो।
१) काठमाडौं जाने मार्ग (एकतर्फी) : हेटौंडाबाट काठमाडौं आउँदा कान्तिलोकपथ हुँदै टीकाभैरव जोडिने सडक प्रयोग गर्नुपर्नेछ।
२) हेटौंडा जाने मार्ग (एकतर्फी) : काठमाडौंबाट हेटौंडा जाँदा सिस्नेरी–कोगटे–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ। यसअन्तर्गतको भीमफेदी–कोगटे–सिस्नेरी सडकखण्डमा आवश्यक मर्मत तथा सुधार कार्यलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको सरकारले जनाएको छ।
सरकारले हालको परिस्थितिमा सडक मर्मत तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै दुवै वैकल्पिक मार्गलाई पूर्ण क्षमतामा सञ्चालनयोग्य बनाउने काम अघि बढाएको जनाएको छ।
सरकारले तोकिएको एकतर्फी ट्राफिक नियम पूर्ण रूपमा पालना गरी सुरक्षित यात्रा गर्न सर्वसाधारण तथा यातायात व्यवसायीलाई आग्रह गरेको छ।
वि.सं.२०८३ भदौ १७ बुधवार १३:४५ मा प्रकाशित






























