back
CTIZAN AD

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

वि.सं.२०८३ भदौ १७ बुधवार

18 

shares

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको दीर्घकालीन आर्थिक स्रोतका लागि रु एक करोड १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।

विद्यालयको नियमित खर्चका लागि बर्सेनी अनुदान र चन्दामा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्दै दिगो आम्दानीको स्रोतका लागि अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयका लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानबाट लक्ष्यभन्दा रु १५ लाख बढी रकम सङ्कलन भएको उक्त पालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

अक्षयकोष स्थापनाको अभियानमा देश तथा विदेशमा रहेका पूर्वविद्यार्थी र गार्मासँग जोडिएका व्यक्तिले मन खोलेर सहयोग गरेका थिए । सङ्कलित रकम विद्यालयका प्रधानाध्यापक विनोद सिंह तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोमी शेर्पालाई हस्तान्तरण गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको हित, शैक्षिक पूर्वाधार र सामग्री व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।

अक्षयकोषको ब्याजबाट नियमित आम्दानी प्राप्त हुने भएकाले स–साना काममा दाताबाट आस गर्न नपर्ने वडाध्यक्ष शेर्पा बताउँछन् । उनले भने “अक्षयकोषको उद्देश्य रकम सङ्कलन गरेर तत्काल खर्च गर्नु होइन, विद्यालयका लागि दीर्घकालीन आम्दानीको स्रोत तयार गर्नु हो”, उनले भने, “यसबाट प्राप्त हुने आम्दानीलाई शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हित र विद्यालयको दिगो आर्थिक व्यवस्थापनमा उपयोग गरिनेछ ।

मुलुकका सामुदायिक विद्यालयले शिक्षक तथा कर्मचारीको नियमित खर्चबाहेक शैक्षिक सामग्री, प्रयोगशाला, सूचना प्रविधि, पुस्तकालय, विद्यार्थीको अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति तथा भौतिक पूर्वाधारका लागि अतिरिक्त स्रोत खोज्नुपर्ने अवस्था छ ।

उक्त परिस्थितिमा विद्यालयकै नाममा स्थापना गरिएको अक्षयकोषले दीर्घकालीन आर्थिक स्रोत निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

वि.सं.२०८३ भदौ १७ बुधवार १२:४९ मा प्रकाशित

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

प्रधानाध्यापक पदमा दरखास्त आह्वानको म्याद थप

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

बाढीपीडितलाई राहत बाँड्न नुवाकोट पुग्यो नेप्लिज तेक्वान्दो एकेडेमी

नुवाकोट । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...