back

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

वि.सं.२०८२ मंसिर १५ सोमवार

183 

shares

तम्घास (गुल्मी) । रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । वडा नम्बर ३ मा रहेको थानापति स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरेसँगै रुरुक्षेत्रका छ वटै वडाका नागरिकको पहुँचमा ल्याब सेवा पुगेको हो ।

ल्याब सेवा सञ्चालनका लागि प्रत्येक स्वास्थ्य चौकीमा एक÷एक ल्याब टेक्निसियनको दरबन्दी थप गरिएको छ । ल्याब सेवा सुरू भएपछि स्थानीयलाई रगत, पिसाब, हर्माेन लगायतका रोगको परीक्षण गर्न रिडी वा श्रृङ्गा अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । त्यसैगरी गर्भवतीलगायत अन्य बिरामीको रगत परीक्षण, रगत ग्रुपको पहिचान लगायतका सेवामा सहज भएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य चौकीबाट यसभन्दा पहिले खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन, सर्ने तथा नसर्ने रोग, सरकारले तोकेका औषधिको उपलब्धता लगायतका सेवा प्रदान हुदैँ आएको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीका अनुसार स्वास्थ्य क्षेत्रमा रुरुक्षेत्र अब्बल बन्दै गएको छ । “पालिकाभित्रका सबै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य हो”, अध्यक्ष ज्ञवालीले भने, “निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार काम गरेका छौँ ।” उनले रिडीमा १५ शैय्याको अस्पताल सञ्चालनको अन्तिम तयारी भएको बताए ।

वि.सं.२०८२ मंसिर १५ सोमवार १२:५७ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...