back

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

वि.सं.२०८२ मंसिर १८ बिहीवार

141 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभयो । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।

“हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ” उहाँले भन्नुभयो, “टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।”

महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने जनाइएको छ ।

 

वि.सं.२०८२ मंसिर १८ बिहीवार १४:४३ मा प्रकाशित

Himalayan Life AD
नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक...

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडाैँ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि....

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...