back
CTIZAN AD

लघुकथा : मृत्युले दिएको परिचय

वि.सं.२०८२ मंसिर ६ शनिवार

2.4K 

shares

मन्दिरा चापागाईं
सभापोखरी –१, संखुवासभा

हरेक दिन उही कथा–
“भोलि आउनु”, “हेर्छु भनेकै छु त ”, “दबाब धेरै छ, पछि मिलाउँला”
अन्त्यमा निजी सचिवको वाक्य किला झै ठोक्यो मनमा–

“तपाईं दोधारे चरित्रको हुनुहुँदो रहेछ, हाम्रा कार्यकर्ता नै होइन रे।”

एकाएक स्मरण भयो उसलाई – एकदिन गाउँको चोकमा भनेको आफ्नै वाक्य–

“पार्टी होइन, सक्षम व्यक्तिलाई मत दिनुपर्छ।”

त्यो सोचले नै ऊ राजनीतिक अपराधी ठहरियो। ऋणको चर्को ब्याज, भत्किएको भविष्य, आउने चाड…सबै सपना धुलो भयो। थकित शरीर, थिचिएको मन लिएर सडकछेउको फलैचामा बस्यो।

“ढुंगा सार्नु गाह्रो, ढुंगा नहुनु झनै गाह्रो” भन्ने कुराको अर्थ आज बुझ्यो। चुपचाप बसिरह्यो…र बस्दैगर्दा श्वास रोकिन गयो ।

बटुवाहरू झुम्मिए, क्षणमै झन्डावाला गाडी आयो ।

“हाम्रै पार्टीको कार्यकर्ता त हैन?” भन्दै कागजात खोजे, पाएनन र फर्किए।

दोस्रो हुल आयो, तेस्रो पनि । न पार्टी मिल्यो, न अनुहार चिनियो। कोही भएनन, कसैको भएन ।

अन्त्यमा प्रहरी आए। ईस्टकोटको भित्री गोजीबाट एउटा कागज निस्कियो ।

“ए… नेपाली रहेछ !” भन्दै एकले सलाम ठोक्यो।

सभाले होइन, पार्टीले होइन, देशले पनि होइन, आज उसलाई मृत्युले मात्र नागरिक ठहरायो ।

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...