back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ मंसिर ६ शनिवार

1.3K 

shares

गुणनिधि घिमिरे
पाँचथर, खान्द्रोङ्ग, हालः अमेरिका

१.
नाराबाजी साँझबिहान टर्दासम्म
अल्छीले सिन्को नभाँच्ने
दोषजति अर्कालाई अचम्म ।

२.
घर पुग्दा थालभरि
आमाबाको गतिगरास अवस्था
कहिलेसम्म चल्छ यसैगरी ?

३.
हावाका तालमा बोल्छन्
भाषण हाईहाई हुईहुई
व्यर्थमा अर्कालाई पोल्छन् ।

४.
घामपानी हावा रापताप
आजको चरित्रमा देखिएको
सहनशील बानीको अभाव ।

५.
परिश्रम गरेर कमाउनू
अर्कालाई पिर नपारी
असल मार्ग समाउनू ।

६.
परिश्रमीहरूको सारा संसार
अल्छीहरूको कतै पनि
फेदटुप्पो हुन्न आधार ।

७.
भाषणले चलेको देश
कानचिराहरूको जालझेल हेर्दाहेर्दै
फुले विज्ञहरूका केश ।

८.
अब मेहनतले कमाऊ
यस्तो पाराले हुँदैन
असल बाटो समाऊ ।

९.
बुढाहरूका मार्गदर्शनहरू हेरेर
युवायुवतीले देश चलाओ
नचाहिने कुराहरू फेरेर ।

१०.
परिश्रम गरे फल्छ
गफमात्र गर्यौ भने
आमाको छाती जल्छ ।

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:३० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...