back
CTIZAN AD

नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै

वि.सं.२०८३ साउन ३१ आइतवार

12 

shares

भक्तपुर । भक्तपुर थालाछेँकी ८४ वर्षीय कृष्णमाया देउपाला निकै हर्षित हुनुहुन्छ । आफ्नै घरआँगनको सयौँ वर्ष पुरानो स्वर्णरङ्गी नागको नागपञ्चमीका दिन दर्शन गर्न पाउने भएपछि उनी दङ्ग भएका हुन् ।

भक्तपुर नगरपालिका–१० स्थित नागपोखरीमा हरेक वर्ष नागपञ्चमीका दिन सामान्य रूपमा पूजा हुँदै आएको छ । यस वर्ष करिब २० वर्षपछि विशेष कार्यक्रमसहित नागपञ्चमी मनाउने तयारी छ । पोखरीको बीचमा रहेको नागको पूजा गर्ने अवसर भने यसअघि स्थानीयले पाएका थिएनन् ।

“ यो उमेर भयो नागपुखु (नागपोखरी) को बीचमा रहेको नागलाई छोएर दर्शन गर्न पाएको छैन,” देउपाला भन्नुहुन्छ । भोलि नागपञ्चमीका दिन प्रत्यक्ष दर्शन गर्न जुरेछ”, उनले भने ।

नागपुखु संरक्षण समितिका कोषाध्यक्ष सुजन शिल्पकारले पनि अहिलेसम्म नागको प्रत्यक्ष दर्शन गर्न नपाएको बताउनुभयो । पोखरीको बीचमा पुग्ने व्यवस्था नभएकाले यस्तो अवस्था रहेको उनको भनाइ छ ।

यस वर्ष भने भक्तपुर नगरपालिका–१० र स्थानीयको सहकार्यमा अस्थायी पुल निर्माण भएको छ । यससँगै स्थानीय मात्र नभई देशभरबाट आउने भक्तजनले पोखरीको बीचमा पुगेर नागको प्रत्यक्ष दर्शन तथा स्पर्श गर्न पाउने छन् ।

भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले नागपञ्चमीका दिन उत्तरदेखि दक्षिणतर्फ करिब ४२ फिट लामो अस्थायी पुल निर्माण गरिएको बताए ।

हरेक वर्ष सामान्य रूपमा पूजा हुँदै आए पनि धेरैलाई यस पोखरीको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी नभएकाले यसलाई पर्यटकस्थलका रूपमा विकास गर्ने उद्देश्यले यस वर्ष विशेष कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

नागपञ्चमीका दिन बिहान ८ः०० बजे भ्वायलिन, बाँसुरी र खिँ एकैपटक बजाएर करिब एक सय जनाले प्रस्तुति दिने नागपुखु संरक्षण समितिका अध्यक्ष अनिल देउपालाले जानकारी दिए ।

पूजाका क्रममा मङ्गल धुन, सिलु धुनलगायत विभिन्न नेवारी धुन प्रस्तुत गरिनेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भजन तथा त्यसपछि सांगीतिक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

नागपञ्चमीका दिन नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाउने तथा धूप–दीप गर्ने प्रचलन छ । कुलनागका थानमा कपासबाट नागको आकृति बनाएर अबिर, अक्षतालगायत सामग्रीले पूजा गर्ने र दूधको अघ्र्य दिने गरिन्छ ।

दूधबाट बनाइने विशेष परिकार तथा बारीमा फलेका नयाँ फलफूलसमेत नागलाई चढाउने परम्परा रहेको छ । नागपोखरीको पूर्व दिशातर्फ बसेर नागको पूजा गर्ने चलन छ। यसरी पूजा गरेमा नागको भयबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

टौमढीस्थित विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर निर्माणका लागि यही पोखरीबाट माटो लगिएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । माटो निकालिएपछि बनेको खाल्डोमा राजा भूपतीन्द्र मल्लले नागको स्थापना गराएको जनविश्वास छ ।
पोखरीको मध्यभागमा नागको प्रतिमा रहेकाले यसको नाम नागपोखरी राखिएको हो । यसअघि यस पोखरीलाई थालाछेँ पुखु भनिन्थ्यो । हाल पोखरीकै नामबाट आसपासको टोलसमेत परिचित छ ।

वि.सं.२०८३ साउन ३१ आइतवार १४:२२ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...