back
CTIZAN AD

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

वि.सं.२०८३ साउन ३१ आइतवार

shares

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै छन् ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रधान हुनुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राससलाई जानकारी दिए । भोलि नै प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। विशेषतः दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४९ मा प्रकाशित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...