back
CTIZAN AD

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

वि.सं.२०८३ साउन ३१ आइतवार

shares
सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा बिरामीको चाप बढेको छ । स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकसहित सेवा सुरु भएसँगै अस्पताल पुगेर सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि भएको हो ।
सङ्घीय सरकारको एक नगरपालिका एक सुविधासम्पन्न अस्पतालको योजनाअनुसार बरहथवा नगर अस्पताल भवन निर्माण भएको हो । उक्त अस्पतालमा नगरपालिकाले आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकसहितको सेवा प्रारम्भ गरेको छ । आफ्नै गाउँठाउँमा यतिको सुविधा पाउँदा खुसी लागेको बरहथवा नगरपालिका–३ हजरियाका जितेन्द्र सहनीले बताउनुभयो । श्रीमतीको बर्थिङका लागि नगर अस्पताल पुग्नुभएका उहाँले विगतमा यही सेवाका लागि वीरगन्ज तथा जनकपुरका महँगो अस्पताल धाउनुपरेको अनुभव सुनाए ।
“पहिला स्थानीय स्वास्थ्य संस्था भद्रगोल थियो”, उनले भने, “सामान्य ज्वरो रुघाखोकीको औषधि पाउन मुस्किल थियो, अहिले धेरै परिवर्तन भएको छ ।”
राज्यले ठूलो लगानी गरेर सञ्चालन गरेको सरकारी स्वामित्वका स्वास्थ्य संस्था अस्तव्यस्त हुने गरेका स्थानीय मनोज पण्डितले बताए । “विपन्न नागरिकले ऋण गरेर निजी क्लिनिकबाट महँगो सेवा लिनुपर्ने बाध्यता विगतमा व्याप्त थियो, अहिले नागरिक सचेत भएका छन् । तीनै तहका सरकार थोरै भए पनि नागरिकप्रति जिम्मेवार भएको महसुस गरेको छु”, उनले भने ।
पण्डित छोरीलाई निकै दिनदेखि लगातार ज्वरो आएपछि परीक्षणका लागि नगर अस्पताल आइपुग्नुभएको थियो । ‘कोर’ मधेसका पायक स्थानमा रहेको यहाँ विगतमा सामान्य बर्थिङ सेन्टरमात्र सञ्चालनमा थियो । सुत्केरीका लागि आउने बिरामीलाई असामान्य अवस्था हुनेबित्तिकै अन्यत्र रेफर गरिदिने गरिन्थ्यो । यसले गर्दा बिरामीका आफन्त ठूलो खर्चको चपेटामा पर्ने गर्थे ।
खर्च अभावमा गर्भवतीको ज्यान दाउमा राखेर घरै लगेरसमेत सुत्केरी गराउने गरेका बागमती नगरपालिका–८ शङ्करपुरकी सङ्गीता कुशवाहाले सुनाए । गत माघबाट नगर अस्पतालले एकजना स्त्री, प्रसूति तथा निसन्तान रोग विशेषज्ञ चिकित्सक नियुक्ति गरेर गुणस्तरीय सेवा प्रवाह गरिरहेको हो । माघयताको तथ्याङ्क हेर्ने हो भने एक हजार २७३ जनाले प्रसूति सेवा लिइसकेका छन् । त्यसमध्ये ११९ जनालाई शल्यक्रिया (सिएस) विधिबाट सुत्केरी गराइएको छ ।
बाँकीको ‘नर्मल डेलिभरी’ भएको हो । नेपालले २०३० सम्म ‘होमडेलिभरी’ शून्यमा झार्ने लक्ष्य राखेको छ भने मात्रृ र शिशु मृत्युदरसमेत नगन्य बनाउने योजनासहित स्वास्थ्य कार्यक्रम बनाएको छ । तर यसको कार्यान्वयनमा चुनौती रहेको चिकित्सकहरू बताउछन् । अझै धेरै ठाउँमा प्रसूति अवस्थालाई सामान्य मान्ने र लापरवाही गर्ने प्रचलन छ । अर्कातर्फ यस सेवामा बिरामीको पहँुच अझै सहज हुन नसकेको डा लिमुकुमारी साहले स्वीकार  गरे ।
आफूहरूले सेवा लिन आउने बिरामीलाई जतिसक्दो सहज र सरल रूपमा सेवा प्रवाह गरिरहेको उनको भनाइ छ । यस अस्पतालबाट शल्यक्रियासहितको सुविधा निःशुल्क वितरण भएपछि बिरामीको विश्वास र चाप बढ्दै गएको उहाँले बताए । अत्य आवश्यक अवस्थाबाहेक रेफर नहुने यहीँबाट सेवा पाइने भएकाले पनि बिरामीका आफन्तसमेत अस्पताल र सेवाप्रति सकारात्मक पाइएको उनले सुनाए ।
सामान्य स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीका भरोसामा रहेका ‘बर्थिङ सेन्टर’बाहेक अन्य भरपर्दो अस्पताल यस क्षेत्रमा छैन । यहाँ बरहथवासहित बागमती, बसबरिया, धन्कौल, रामनगर, बलरा, गोडैता, हरिपुर, चक्रघट्टलगायत स्थानबाट पनि प्रसूति सेवा लिने बिरामी आइपुग्ने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सरोजरोशन दासले बताए । अस्पतालले दिने निःशुल्क प्रसूति सेवा तथा औषधोपचारका कारण सेवाग्राहीको चाप बढेको उनी बताउछन् ।
मधेस प्रदेश सरकारको तर्फबाट प्राप्त जनस्वास्थ्य प्रयोगशालाबाट सहुलियतपूर्ण ल्याब परीक्षण सेवा प्रवाह भएकाले पनि नागरिकको आकर्षण बढेको उनीहरूको प्रतिक्रिया छ । यस नगर अस्पतालमा निःशुल्क आँखा उपचार सेवा, प्रसूतिलगायत जनरल फिजिसियन सेवा, ओपिडी र इमर्जेन्सी सेवासमेत प्रवाह गरिरहेको डा दासले बताए। अस्पतालको सेवा सकेसम्म चुस्तदुरुस्त राखिएको उहाँको दाबी छ ।

वि.सं.२०८३ साउन ३१ आइतवार ०६:३९ मा प्रकाशित

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...