back
CTIZAN AD

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वि.सं.२०८३ साउन ३१ आइतवार

18 

shares

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा क्यानाडाको क्यालगरीमा निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेल पछिल्लो समय छोरी निशासँग क्यालगरीमा बस्दै आएका थिए । उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बसोबास गर्दै आएका छन्।

शिक्षा क्षेत्रमा लामो समय योगदान पुर्‍याएका धौभडेल त्रिभुवन विश्वविद्यालयका प्राध्यापकसमेत रहेका थिए उनी पेसागत महासंघ नेपालको पूर्वअध्यक्षका रूपमा पनि सक्रिय रहेका थिए ।

वि.सं. २०५० सालमा भएको चर्चित तथा रहस्यमय दासढुङ्गा दुर्घटनाको छानबिन गर्न गठित आयोगका सदस्य समेत रहेका धौभडेलले सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए । उनी सन् १९९५ देखि १९९६ अर्थात् वि.सं. २०५१ सालसम्म भारत र भुटानका लागि नेपाली राजदूत रहेका थिए ।

शिक्षा, कूटनीति तथा सार्वजनिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका प्रा। धौभडेलको निधनले नेपालले एक अनुभवी शिक्षाविद्, कूटनीतिज्ञ तथा सार्वजनिक व्यक्तित्व गुमाएको छ।

वि.सं.२०८३ साउन ३१ आइतवार १३:३७ मा प्रकाशित

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...