back
CTIZAN AD

गजल

वि.सं.२०८२ मंसिर ६ शनिवार

1.1K 

shares

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके

घुमेँ पाखा पखेरामा बनी फुरफुर
सखा भेट्दा खुसीको क्षण थियो भरपुर

पराई घर पुगेँ छोरी भएकैले
यही हाम्रो थियो चल्ती बनेँ मजबुर

बनी चेली जहाँ आँखा खुले मेरा
त्यही आँगन पुगी टेक्न थिएँ आतुर

सधैँ आफ्ना नजिक हुन्छन् भनी सोच्थेँ
समयले पार्न खोज्यो चाह चकनाचुर

थियो आमाबुबाको काख मन्दिरझैँ
पराईको महलमा झन् भएँ थुरथुर

बहर : हजज मुसद्दस सालिम
अर्कान : मुफाईलुन्, मुफाईलुन्, मुफाईलुन्
वजन : १२२२ – १२२२ – १२२२
काफिया : उर
रदिफ : ०

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...