back
CTIZAN AD

गजल

वि.सं.२०८२ मंसिर ६ शनिवार

1.1K 

shares

श्याम माकजु, भक्तपुर

बुझ्छु म तिम्रो गुन छ अनौठो
दुःख अलाप्ने धुन छ अनौठो

भाग गुणाको प्रेम म गर्थे
योग हियाले चुन्छ अनौठो

याद म गर्दिनँ भन्छु तथापि
मौन बसी मन थुन्छ अनौठो

अग्नि म निल्थेँ किन्तु म छेउ
ताल बनी ऊ रुन्छ अनौठो

बाहिर हाँस्दै हिँड्छु सदा म
चोट हियामा हुन्छ अनौठो

बहर : मुतकारिब मुसम्मन असरम सालिम
अर्कान : २१ – १२२ – २१ – १२२
वजन : फालु, फऊलुन्, फालु,फऊलुन्
काफिया : इन्छ
रदिफ : अनौठो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...