back
CTIZAN AD

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

वि.सं.२०८२ मंसिर १८ बिहीवार

660 

shares

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक साधारण सभा आगामी २०८२ पौष ९ गते, बुधबार दि प्लाजा, ललितपुरमा आयोजना गर्ने भएको छ। एशोसिएशनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा बसेको २०८२ भदौ १९ गतेको २२ औँ तथा २०८२ मङ्सिर १५ गतेको २४ औँ केन्द्रीय कार्यसमिति बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।

बैठकहरूले नाडालाई महासंघमा लैजाने विषयसमेत समावेश गरिएको प्रस्ताव आगामी साधारण सभामा प्रस्तुत गरिने जनाएको छ। संघको भविष्य, संरचनात्मक सुधार, सदस्य विस्तार, नीतिगत मुद्दा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित पछिल्ला चासो र चुनौतीहरूबारे महत्वपूर्ण छलफल हुने नाडाले जनाएको छ।

एशोसिएशनका महासचिव सुरेन्द्रकुमार उप्रेति द्वारा सम्पादकहरूसमक्ष पठाइएको सूचनामा साधारण सभामा संस्थाका सम्पूर्ण सदस्यज्यूहरूको उपस्थितिको लागि विशेष आह्वान गरिएको छ।

नाडाका अनुसार अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीसँग प्रत्यक्षरूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले वार्षिक साधारण सभालाई यसपटक विशेष महत्वका साथ आयोजना गर्ने तयारी भइरहेको छ। साधारण सभामा विगत वर्षका गतिविधि, आर्थिक प्रतिवेदन, आगामी योजनाहरू तथा नीतिगत सुधारसम्बन्धी बहस–विमर्श हुने बताइएको छ।

नेपालमा अटोमोबाइल्स सम्बन्धी नीतिगत सवाल उठाउने प्रमुख संस्था नाडाले पछिल्ला वर्षहरूमा कर प्रणाली, आयात नीतिमा देखिएका चुनौती, विद्युतीय सवारी साधनको विस्तार तथा अन्तर्राष्ट्रिय प्रविधि अनुकूलनका विषयमा निरन्तर आवाज उठाउँदै आएको छ। साधारण सभामा यी विषयमा पनि विस्तृत प्रस्तुति र सुझाव संकलन गरिने अपेक्षा गरिएको छ।

नाडाले सबै सदस्य, सरोकारवाला, उद्योग व्यवसायी तथा साझेदारहरूलाई तोकिएको स्थान र समयमा उपस्थित भई संस्थाको आगामी दिशा–निर्देशन निर्माणमा सहकार्य गरिदिनूका लागि आग्रह गरेको छ।

 

वि.सं.२०८२ मंसिर १८ बिहीवार १६:२६ मा प्रकाशित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

प्रधानमन्त्री बालेन स्थलगत निरीक्षण गरेर फर्किए

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको...

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न तोकिए यी तीन स्थान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...