back

‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’

वि.सं.२०८२ मंसिर १९ शुक्रवार

180 

shares

ललितपुर । ललितपुरको पाटन यतिबेला कलामय बनेको छ । यहाँ फोटो सर्कलको आयोजनामा ‘फोटो काठमाडौँ महोत्सव’ भइरहेको छ । गत कात्तिक २८ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर २८ सम्म सञ्चालन हुनेछ । महोत्सवमा पाटनका विभिन्न रोचक र ऐतिहासिक तस्बिरहरु अवलोकन गर्न सकिन्छ ।

यहाँ विशेषगरी युवा पुस्ताले महोत्सवमा प्रदर्शनका लागि राखिएका तस्बिरलाई रुतिपूर्वक अवलोकन गर्ने गरेका महोत्सव आयोजक संस्थाका प्रतिनिधि निशी रुङ्गटाले बताए ।

महोत्सवका अवसरमा यहीबीचमा फोटोपत्रकार उषा तितिक्षुलाई ‘फोटो काठमाडौँ २०८२’ विशिष्ट सम्मान प्रदान गरिएको छ । सल्यानमा जन्मिनुभएकी तितिक्षुले सानै उमेरदेखि फोटोग्राफी गरिरहेका थिए ।

सन् २००७ मा स्थापना भएको फोटो डट सर्कल कलाकारको नेतृत्वमा रहेको एक अन्तरविषयक सङ्गठन हो । यसले सामाजिक परिवर्तनमा संलग्न हुन दृश्य कथाकार, अनुसन्धानकर्ता, शिक्षक, अभियानकर्मी तथा अन्य सांस्कृतिक निर्माताका लागि स्रोतको सिर्जना गर्छ । फोटो सर्कलले नेपाल पिक्चर लाइब्रेरीको व्यवस्थापन पनि गरिरहेको छ, यस डिजिटल अभिलेखमा नेपालको बहुसांस्कृतिक पक्ष र बहुलवादी प्रतिनिधित्वलगायत विषय रहेका छन् ।

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १४:१८ मा प्रकाशित

Himalayan Life AD
सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

काठमाडौं । राजधानीको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै...

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक...

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

काठमाडौँ । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...