back
CTIZAN AD

सिनामंगलमा प्रहरी असईद्वारा ४ महिने शिशुको घाँटी रेटी हत्या

वि.सं.२०८२ मंसिर २२ सोमवार

393 

shares

काठमाडौं । राजधानीको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै ४ महिने छोराको घाँटी रेटेर हत्या गरेका छन्। आइतबार दिउँसो सिनामंगलस्थित भाडाको कोठामा बसेका असई पुष्कर कार्कीले सुतेकै अवस्थामा छोराको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।

जन्मँदै ब्रेन ट्युमर भएकाले उपचारधीन शिशुलाई कार्कीले अचानक आक्रमण गरी मारेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना पछि कार्कीले आफ्नो श्रीमतीलाई समेत कुटपिट गरी फरार भएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई कार्कीलाई प्रहरीले आइतबार बेलुकी नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। कार्कीलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वि.सं.२०८२ मंसिर २२ सोमवार ११:२६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...