back
CTIZAN AD

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

वि.सं.२०८२ मंसिर २२ सोमवार

552 

shares

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै कपिलवस्तुको चन्द्रौटा प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार प्रणाली जडान गरेको छ।

कम्पनीका अनुसार २३ नोभेम्बर २०५२ देखि यस प्लान्टले स्वच्छ तथा हरित ऊर्जा उत्पादन गर्न सुरु गरिसकेको छ, जससँगै यशोदा फुड्स नेपालमै पहिलो पटक सौर्य ऊर्जाबाट नुडल्स उत्पादन गर्ने उद्योग बनेको छ।

कम्पनीले आफूलाई ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिङ फ्यासिलिटी’ का रूपमा प्रस्तुत गरेको छ। सौर्य प्लान्टमार्फत उद्योगको करिब ८० प्रतिशत ऊर्जा आवश्यकतामा पूर्ति हुने, विद्युत खर्च ६५ प्रतिशतसम्म घट्ने र कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

प्लान्ट प्राइम रिन्यूएबल्स प्रालिले तीन महिनाभित्र निर्माण गरेको हो भने परियोजनामा एनएमबी बैंकले वित्तीय सुविधा उपलब्ध गराएको छ र एईपीसीमार्फत जर्मन ग्रान्ट डीकेटीआई परियोजनाले व्याज अनुदानसहित सहयोग गरेको हो।

उद्घाटन कार्यक्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डायरेक्टर जी.पी. शाहले ८५६ केडब्ल्यू क्षमताको प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुने र २ हजार टनभन्दा बढी कार्बन उत्सर्जन बचत हुने बताए।

एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईका अनुसार यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छन् र स्वच्छ ऊर्जा आत्मसात गर्न अन्य उद्योगलाई पनि प्रेरित गर्छन्। प्राइम रिन्यूएबल्सका अध्यक्ष आशिष गर्गका अनुसार प्लान्टमा बाइफेसियल सोलार प्यानल, एआई–सक्षम स्मार्ट इनभर्टर र उच्च कार्यक्षमता प्रविधिको प्रयोग गरिएको छ।

एईपीसीका अनुसार नेपालमा हाल २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगमा यस्ता सोलार प्रणाली जडान भइसकेका छन् र सुख्खा मौसममा जलविद्युत उत्पादन घट्दा सौर्य ऊर्जा प्रभावकारी वैकल्पिक स्रोत भइरहेका छन्। नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको नेट–मिटरिङ सुविधाले उद्योगले अतिरिक्त उत्पादन ग्रिडमा पठाउन सक्ने भएकाले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार पनि कम हुने बताइएको छ।

उद्घाटन कार्यक्रममा एईपीसी, यशोदा फुड्स र प्राइम रिन्यूएबल्सका अधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

 

वि.सं.२०८२ मंसिर २२ सोमवार ११:३९ मा प्रकाशित

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...