back
CTIZAN AD

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

वि.सं.२०८२ मंसिर २२ सोमवार

540 

shares

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आज मंसिर २१ गते आइतबार निधन भएको छ। उहाँको निधनले बैंकिङ क्षेत्रका साथै समग्र अर्थजगतले एक अनुभवी र महत्वपूर्ण व्यक्तित्व गुमाएको छ।

मानन्धरले सन् १९६९ मा भूमि सुधार तथा बचत निगममा शाखा प्रमुखका रूपमा बैंकिङ सेवामा प्रवेश गर्नुभएको थियो। सोपछि उहाँ राष्ट्रिय धानचामल कारखानाका प्रमुख कार्यकारी, कृषि विकास बैंकका प्रथम श्रेणी विभागीय प्रमुख तथा नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीका महाप्रबन्धक, संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) का परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष तथा नेपाल बंगलादेश बैंक हुँदै अन्त्यमा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहनुभएको थियो।

दीर्घकालसम्म बैंकिङ क्षेत्रमा सक्रिय रहँदै महत्वपूर्ण भूमिकाको निर्वाह गर्नुभएको मानन्धरलाई नेपालको आर्थिक तथा बैंकिङ इतिहासमा योगदान पुर्‍याउने मौलिक व्यक्तित्वका रूपमा स्मरण गरिन्छ। उहाँको देहावसानले आर्थिक क्षेत्रले एक मूल्यवान् अनुभवी नेतृत्व गुमाएको बैंकले जनाएको छ।

प्राइम कमर्सियल बैंकले मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गरेको छ। साथै, शोकको यस घडीमा परिवारजन तथा बैंक परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

 

वि.सं.२०८२ मंसिर २२ सोमवार ११:५४ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...