काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहजता प्रदान गर्न तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी KFC र प्रविधि कम्पनी Citytech सँग सहकार्य गरेको छ। नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत KFC ले विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नका लागि माछापुच्छ्रे बैंकको अत्याधुनिक POS उपकरणहरू जडान गरेको छ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा QR मार्फत भुक्तानी प्रदान गर्दछ। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ। जसले दैनिक कारोबारलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।
माछापुच्छ्रे बैंकले नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध छ। माछापुच्छ्रे बैंक हाल १६५ शाखा, ५८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २३४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ। साथै, ९९ एटिएममार्फत करिब १६ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
वि.सं.२०८२ माघ ९ शुक्रवार १६:४६ मा प्रकाशित




























