back

उम्मेदवारको बैङ्क खाता खोल्ने व्यवस्था गरिदिन आयोगको केन्द्रीय बैङ्कलाई पत्राचार

वि.सं.२०८२ माघ १० शनिवार

375 

shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कले आग्रह गरेको छ ।

आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत गर्न र निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ ।

राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको बैङ्क खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधान छन् ।

सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उम्मेदवारलाई बैङ्क खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो ।

सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको हकसमेतमा लागू हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि बैकिङ कारोवार गर्ने बैङ्क तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ ।

निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैङ्क खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गरेको हो ।

 

वि.सं.२०८२ माघ १० शनिवार ०६:०१ मा प्रकाशित

Himalayan Life AD
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्...

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

मङ्गलबारे (इलाम) । यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन्...

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

ठगीको अभियोगमा चार जना पक्राउ

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न...

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...