back

निर्वाचन प्रहरीका लागि प्रयाप्त आवेदन नपरेपछि पुनः माग

वि.सं.२०८२ माघ १० शनिवार

141 

shares

मन्थली (रामेछाप) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।

निर्वाचनका लागि जिल्लामा आवश्यक निर्वाचन प्रहरीको यसअघि खोलिएको विज्ञापनअनुसार पर्याप्त आवेदन नपरेपछि पुनः आवेदन दिने म्याद थपिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए । रामेछाप जिल्लामा एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक भएको भए पनि हाल आवेदन दिएका ९०० जना निर्वाचन प्रहरीलाई मात्र तालिम दिने काम भइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत निर्वाचन प्रहरीका लागि शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागि हुन छुट भएका एवं नयाँ आवेदन दिन चाहानेहरूले समेत माघ ११ गतेसम्मका लागि पुनः म्याद थप गरिएको पनि प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

 

वि.सं.२०८२ माघ १० शनिवार ०८:५८ मा प्रकाशित

Himalayan Life AD
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्...

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

मङ्गलबारे (इलाम) । यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन्...

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

ठगीको अभियोगमा चार जना पक्राउ

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न...

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...