back

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयमा सुनुवाइ हुँदै 

वि.सं.२०८२ माघ ११ आइतवार

147 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ । यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मङ्गलवार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले पेसी तोकेर सुनुवाइ गर्न लागेको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले दायर गरेको रिटमा महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गरिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् ।

उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ लाई अभियोग संशोधनको आधार बनाइए पनि यो व्यवहारतः ‘मुद्दा फिर्ता’ लिने कृत्य भएको रिट निवेदकको दाबी छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा उक्त निर्णयलाई ‘कानुनको कपटपूर्ण प्रयोग’ गरिएको तर्क रिटमा गरिएको छ ।

वि.सं.२०८२ माघ ११ आइतवार १२:४३ मा प्रकाशित

Himalayan Life AD
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले...

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्...

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

मङ्गलबारे (इलाम) । यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन्...

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट...

ठगीको अभियोगमा चार जना पक्राउ

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न...

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...