back

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

वि.सं.२०८२ माघ १३ मंगलवार

105 

shares

तनहुँ । यहाँँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तीन दिनदेखि फेला पर्न सकेका छैनन् ।

आइतबार दिउँसो जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार घटनाको जानकारी पाएलगत्तै आइतबार नै स्थानीय बासिन्दा र प्रहरीले खोजी सुरु गरेका थियो ।

इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजी जारी राखे फेला पार्न नसकिएको उनले बताए । “सप्लाङ्गी खोलामा जाल हान्ने क्रममा अचानक सन्तुलन गुमाएर दहको भुमरीमा परेर बेपत्ता भएका जानकारी पाएका छौँ,” प्रनाउ विकले भने, “पोखराबाट आएको सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेका छौँ ।”

वि.सं.२०८२ माघ १३ मंगलवार १२:५४ मा प्रकाशित

Himalayan Life AD
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि...

धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदशनशील...

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका...

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा...

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा...