back

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

वि.सं.२०८२ माघ १३ मंगलवार

105 

shares

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ ।

७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिए ।

कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात विकास समितिमार्फत भइरहेको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्मको सरसफाइबाट करिब दुई सय ५० वटा ट्रक अट्ने वातावरण बनेको छभने केही भागमा अझै सफाइ बाँकी छ ।

सो अवसरमा उत्कृष्ट कार्य गर्ने दुई व्यवसायी र चार जना कर्मचारीलाई सम्मान गरिएको थियो । व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा रु तीन अर्ब २१ करोड राजस्व बुझाउने सिजी मोटर सप्लायर्स तथा रु ७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौँलाई सम्मान गरिएको हो । कर्मचारीतर्फ नायबसुब्बा रमेश ज्ञावली, इलेक्ट्रिसियन राजु ओली, हल्का सवारी चालक श्यामकुमार सिलवाल र कार्यालय सहयोगी नरेशदत्त जोशीलाई सम्मान गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी मीना थापामगर, भन्सार एजेन्ट सङ्घका अध्यक्ष सुरेन्द्रप्रसाद सुवेदी, नेपाल सीमापार व्यापार सङ्घका सहकोषाध्यक्ष सुमन श्रेष्ठ, सिन्धुपाल्चोक वाणिज्य सङ्घका उपाध्यक्ष इन्द्र राउतलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा रसुवागढी नाकालाई नीति–नियमअनुसार सञ्चालन गर्दै उत्तरी नाकाको गरिमा अझ उच्च बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा वक्ताहरूले जोड दिए । साथै सडक सुधार कार्ययोजना सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगमा सुधार हुन लागेको सडकको पहिलो चरणमा असहज मोडहरू सिधा बनाउन सवारी चालकहरूले माग गरेका छन् ।

यसैबीच, हिउँदको सुक्खा होस् वा वर्षायामको हिलो पहिरो पन्छाई रसुवागढीखण्डमा सडक सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै रसुवागढी जलविद्युत् केन्द्रलाई पनि कार्यक्रममा प्रशंसा गरिएको भन्सार कार्यालयका सूचना अधिकारी ठाकुर गौतमले जानकारी दिए ।

वि.सं.२०८२ माघ १३ मंगलवार १३:०१ मा प्रकाशित

Himalayan Life AD
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि...

धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदशनशील...

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका...

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

तनहुँ । यहाँँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा...

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा...