back

धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील

वि.सं.२०८२ माघ १३ मंगलवार

108 

shares

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदशनशील रहेको जनाएको छ । जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदशनशील,१०६ वटा संवेदशनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ ।

जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६४५ छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरुको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले भनेका छन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए ।

मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् । सो निर्वाचनमा छ हजार ५०० कर्मचारी खटिनेछ । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् ।

वि.सं.२०८२ माघ १३ मंगलवार १३:४२ मा प्रकाशित

Himalayan Life AD
स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई...

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

दूतमार्गमा प्रधानमन्त्रीको निरीक्षणः धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि...

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन

विराटनगर । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका...

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा...

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

सेतीखोलामा डुबेका पुरुष तीन दिनदेखि बेपत्ता

तनहुँ । यहाँँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा...

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा...