back

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

वि.सं.२०८२ माघ १९ सोमवार

150 

shares

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।

आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ । यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ । आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन् ।

मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वासनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयबाट काठमाडौँस्थित कूटनीतिक नियोग एवं संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुख तथा प्रतिनिधिलाई ब्रिफिङ गरेको छ ।

सो कार्यक्रममा आयोग र गृह मन्त्रालयका प्रतिनिधिसमेतको उपस्थितिमा निर्वाचनको वातावरण, निर्वाचन आयोगबाट भएका तयारी, राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षणलगायतका विषयमा जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

वि.सं.२०८२ माघ १९ सोमवार ०८:०४ मा प्रकाशित

Himalayan Life AD
नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

नेपालको वित्तीय समावेशीकरणमा छलाङस् सूचकांक ०.५३ पुग्यो

समाचार सारांश - आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशीकरण...

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय...

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तानमा तिव्र आक्रमण, करिव दुई सय जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको सुरक्षा बलले दक्षिण – पश्चिमी प्रान्त बलुचिस्तानमा...

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

सरकार कुनै दलको प्रभावमा छैनः प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही मन्त्रीले पदबाट राजीनामा दिएर...

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य निर्वाचनः आयोगले सोध्यो २९ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ...

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको...