back
CTIZAN AD

बीमा बजारको अर्धवार्षिक समीक्षा: ६ महिनामा संकलन भयो ९६ अर्ब

कुल बीमाशुल्क आर्जनमा नेपाल लाइफको अग्रता कायमै

वि.सं.२०८२ माघ १८ आइतवार

768 

shares

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्मको तथ्याङ्कअनुसार जीवन बीमा व्यवसायमा उत्साहजनक सुधार देखिएको छ। देशभर सञ्चालित १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीहरूले दोस्रो त्रैमासिक अवधिसम्ममा कुल ९६ अर्ब ७० करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

प्रमुख ५ कम्पनीको बजार हिस्सा आधा भन्दा बढी

बीमा व्यवसायमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बर्चस्व कायम राखेको छ। कम्पनीले ६ महिनामा कुल २१ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यो समग्र बीमा व्यवसायको २० प्रतिशतभन्दा बढी हो । यसैगरीस् नेशनल लाइफ इन्स्योरेन्सस् ८ अर्ब ९३ करोड ४२ लाख रुपैयाँ संकलन गरी दोस्रो स्थानमा रहँदा लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल०स् ८ अर्ब ७४ करोड ७७ लाख रुपैयाँका साथ तेस्रो स्थानमा छ। त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सस् ६ अर्ब ८२ करोड २० लाख रुपैयाँ संकलन गर्दै चौथो स्थानमा रहँदा सूर्यज्योति लाइफ इन्स्योरेन्सस् ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ सहित उत्कृष्ट पाँचमा पर्न सफल भएको छ।

प्रदेशगत विश्लेषणस् बागमती प्रदेश अगाडि

प्रादेशिक आधारमा हेर्दा बीमाको पहुँच अझै पनि बागमती प्रदेशमा सबैभन्दा बढी देखिएको छ।
बागमती प्रदेशबाट कुल ४२ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यवसायको ठूलो हिस्सा हो । कोशी प्रदेशबाट ११ अर्ब ५३ करोड ९ लाख रुपैयाँ संकलन भएको छ । कर्णाली प्रदेशभने बीमाको पहुँच सबैभन्दा कम भएको पाइएको छ । यस प्रदेशबाट ३ अर्ब १३ करोड ११ लाख रुपैयाँ मात्र संकलन भएको देखिन्छ।

लघु बीमा र वैदेशिक रोजगारको अवस्था

तथ्याङ् अनुसार तल्लो तहका नागरिकसम्म पुग्ने उद्देश्यले सुरु गरिएको लघु जीवन बीमातर्फ पनि आकर्षण बढेको छ। तीनवटा लघु जीवन बीमा कम्पनीहरूले पुस मसान्तसम्म १ अर्ब ६२ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि अनिवार्य गरिएको वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट मात्रै यो अवधिमा ९७ करोड ६ लाख रुपैयाँ संकलन भएको छ। यसबाट ६ महिनामा ६ लाख २ हजार ९ सय २२ वटा बीमालेख जारी भएका छन्।

बीमालेखको संख्या र सक्रियता

हाल देशभर कुल सक्रिय बीमालेखको संख्या १ करोड ३८ लाख ५० हजार ९ सय १६ पुगेको छ। यसमध्ये सावधिक जीवन बीमा ९४१ लाख ४१ हजार ८ सय ६७० र म्यादी जीवन बीमाको संख्या उच्च रहेको बीमा कम्पनीहरुको तथ्याङ्कले देखाउँछ।

वि.सं.२०८२ माघ १८ आइतवार १८:२९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...