back
CTIZAN AD

‘युवा अवस्थामै मुटुको ख्याल गर्नुस्’

वि.सं.२०७५ असोज १३ शनिवार

681 

shares

१३ असोज, काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन् ।

विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा आज यहाँ आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वपसम्मको वाकाथन’पछि कोणलाई सम्बोधन गर्दै उनले भने, “खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । ”

पूर्वस्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिए ।
“नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफँैको हो” उनले भने, पूर्वस्वास्थ्यमन्त्री थापाले मुलुकको समृद्धिका यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने बताए ।
स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे ।

वि.सं.२०७५ असोज १३ शनिवार १२:५२ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...