back

अफगानिस्तानको भिडन्तमा नौ जनाको मृत्यु

वि.सं.२०७५ असोज १८ बिहीवार

519 

shares

१८ असोज, काबुल । अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए ।

तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेट सहित भिषण हमला गरेको बताउँदै प्रान्तीय प्रहरी विभागले लडाकूहरुलाई धपाएको बताएको छ । यसक्रममा नौ जना लडाकू मारिएको विभागको भनाइ छ ।

अब कमारी जिल्लामा तालिबानका छायाँ गभर्नर पनि कारबाहीमा मारिएका छन । तर सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन । यसै वर्षको आरम्भदेखि यस दुर्गम जिल्लामा भीषण लडाइँ पटकपटक भइसकेको छ ।

संसद र जिल्ला परिषदको निर्वाचन हुनै लाग्दा देशभर तालिबान समूहले आक्रमण तिब्र बनाएका छन । लामो प्रतिक्षापछि आगामी अक्टोबर २० मा दुबै निर्वाचन हुँदैछ । चुनावमा करिब ९० लाखले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । अफगानिस्तानको संसद २४९ सदस्यीय छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार १४:४७ मा प्रकाशित

Himalayan Life AD
आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

वासिङ्टन डीसी । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा...

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

थाइल्यान्ड-कम्बोडिया सीमामा झडप, सात जनाको मृत्यु

नोमपेन्ह/बैङ्कक । दुई देश बिचको सीमामा झडप र हिंसा बढ्दै...

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

जापानमा शक्तिशाली भूकम्प जाँदा ३० जना घाइते

काठमाडौं । उत्तरपूर्वी जापानमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा अहिलेसम्म...

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...