
१८ असोज, लास भेगास । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन । अमेरिकी मोडेलले सन २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन ।
रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता बताइसकेको छ । पोर्चुगाली यी फुटबल खेलाडीले आफूमाथि लागेको आरोपमा सत्यता नरहेको बताएका छन ।
“मेरा विरुद्ध प्रहरीले गर्ने भनिएको छानबिनको कुनै आवश्यकता नै छैन,” ३३ वर्षीय रोनाल्डोले भनेका छन । “बलात्कार घृणित अपराध हो ।” उनी आजभोलि इटालीको युभेन्टस क्लबबाट खेल्ने गर्दछन ।
प्रहरीले पीडितको नाम सार्वजनिक गरेको छैन ।
वि.सं.२०७५ असोज १८ बिहीवार १४:५५ मा प्रकाशित