back
CTIZAN AD

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

वि.सं.२०८३ असार १० बुधवार

552 

shares
नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश दिएको छ ।
यसअघि अदालतले दिएको सोसम्बन्धी आदेश पालना नगरेको आरोपमा स्वास्थ्यमन्त्रीलाई अदालतको अवहेलनाको मुद्दा लागेपछि उनले मङ्गलबार अदालतलाई उक्त जानकारी गराएका हुन् ।
केन्याका स्वास्थ्यमन्त्री अदेन दुआलेले अदालतमा पेश गरेको वक्तव्यमा उक्त सुविधासँग सम्बन्धित निर्माणस्थल तयारी तथा अन्य सबै गतिविधि तत्काल र पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको उल्लेख गरेका छन् । उनले मूल मुद्दाको सुनुवाइ र फैसला नभएसम्म वा अदालतबाट अर्को आदेश जारी नभएसम्म काम स्थगित रहने बताए ।
संयुक्त राज्य अमेरिकाले गत महिना ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा सुरु भएको इबोला प्रकोपबाट प्रभावित क्षेत्रबाट आफ्ना नागरिकलाई आवश्यक परे उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले ‘लाइकिपिया एयर बेस’मा उक्त सुविधा निर्माणको तयारी गरिरहेको थियो ।
यस विषयमा दायर गरिएको मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहेको जनाइएको छ । (रासस/एएफपी)

वि.सं.२०८३ असार १० बुधवार ०७:२८ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...