back
CTIZAN AD

झिल्का कविताहरू

वि.सं.२०८३ असार १३ शनिवार

576 

shares

विकास क्षेत्री अञ्जान
बिजनबारी बजार, भारत


नेताले कसम खायो
चुनाव जितेर गएपछि
आफ्नो औकात देखायो।


बजारमा दाम बढ्यो
गरिबको चुल्हो नबल्दा
नेताको सान चढ्यो।


युवा विदेश गयो
फर्कियो बाकसमा लास
गाउँ रित्तो भयो।


जसले चाकडी गर्यो
उसैले पायो पद
इमान्दार त मर्यो।


काम पर्दा फकायो
स्वार्थ पूरा भएपछि
उसैले दूर भगायो।


कानुन यहाँ बिक्यो
गरिबले न्याय पाएन
अपराधी खुलेआम टिक्यो।


भाषणमा देश बचायो
व्यवहारमा लुटेर देशलाई
विदेशी प्रभु रिझायो।


पैसाले नाता जोड्यो
सङ्कट आइलाग्दा खेरि
बीचमै साथ तोड्यो।


धर्मको नाममा लड्यो
मानवता हरायो यहाँ
पाप झन् बढ्यो।

१०
डिग्री हातमा पर्‍यो
रोजगार नपाएर आखिर
खाडीमा पसिना झर्‍यो।

वि.सं.२०८३ असार १३ शनिवार ०७:५२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...