back
CTIZAN AD

कविता : हो देह यो मन्दिर

वि.सं.२०८३ असार १३ शनिवार

432 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली हाल : भारत

आँधीको मन भावना बगरका भुल्छन् नदीका जल,
पाखाबाट झरे र खस्छ झरना बन्नेछ बर्षे भल,
हाल्यो डाक बतासको म छु भनी कस्तो छ आडम्बर,
हावाका भर उड्छ हिँड्छ तर लौ छारो न हो आखिर ।।

च्यात्यो मान समानका नियमका पोथी जल्यो आगमा,
कस्तो खप्परको रहेछ शठ यो पार्‍यो धरा खागमा,
के आगो जल साथमा रहरले सक्तैन बस्नै भने,
झुट्टा भाषणले बिगार्छ पथ यो सिद्धान्त उल्टो बने ।।

आ आफ्ना गुण भावमा निहित भै स्वाधीनता मिल्दछ
अर्काका पहिचान मान्छ जसले आफ्नो सबै भुल्दछ,
खुर्सानी छ पिरो सदा सगुणले हुन् कामका मूलले,
जस्तो काम छ मिल्छ भाव उसका भो बाँसुरी धुनले ।।

भो अत्यास ठुलो कतै म नरहे बाँच्यो म भन्ने तर,
मार्ने जो चिज साथमा बसि रह्यो ईर्ष्या अहम् को घर,
आफ्ना द्वेष घमण्डका निरतको फाल्यौ भने टोकरी,
राम्रा कर्म र सोचका नजिकमा बग्छन् सुधा निर्झरी ।।

पारौं निश्चल साधना हृदयको राखी उज्यालो मन,
बाली ज्योति प्रकाश दिप्त रहने हो देह मात्रै धन,
छोडौ लालच मार्ग यो कपटको स्वार्थीपना जञ्जिर,
मेरो निर्मल देह राख्छु भन लौ हो देह यो मन्दिर ।।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ असार १३ शनिवार ०७:४९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...