back
CTIZAN AD

कविता : तर देश नाङ्गो नहोस्

वि.सं.२०८३ असार १३ शनिवार

267 

shares

विदुर अधिकारी, रामपुर,चितवन

मैल्योस् आङ समस्त गन्धिक बनी ,तर चेत मैलो नहोस्
आओस् शिष्टपना सदैव मनमा,शुभ साधना फैलियोस्
भोकै बस्नु परोस यसै मुलुकमा,तर भेष मैलो नहोस्
नाङ्योस् सांसद मस्तले सदनमा,तर देश नाङ्गो नहोस्।
(१)

बाधा नित्य रहून् तथापि जनमा,नघटून् भलो कामना
जस्तै दु:ख परून् परन्तु जगमा ,छरियून् मिठा सिर्जना
झुत्रो वस्त्र भिरोस् परन्तु मनमा,असलीपना साँधियोस्
नाङ्योस् सांसद मस्तले सदनमा,तर देश नाङ्गो नहोस्
(२)
जस्तै चोट परोस् परन्तु दिलमा,शुभकामना राखियोस्
आपद् जत्ति रहून् किमार्थ नडरी,मृदु पाइलो चालियोस्
झुप्रोको बरु बास होस सकसको,तर राष्ट्र-सीमा बचोस्
नाङ्योस् सांसद मस्तले सदनमा,तर देश नाङ्गो नहोस्।
(३)
आम्दानी बरु कम्ति होस् नगरमा,तर शान्ति छाओस् घना
आओस् सत् खुसीको पला मनुजमा,चुमिँदै नयाँ शृङ्खला
आफ्नो राष्ट्र निमित्त गौरव हुने,ममता मिठो साँचियोस्
नाङ्योस् सांसद मस्तले सदनमा,तर देश नाङ्गो नहोस्।
(४)
चम्चे भ्रष्ट दलालको बिगबिगी,रहँदा बडो त्रास छ
शामन्तीपन उर्लिँदा दश दिशा,सबको उठीवास छ
साँचो कर्म गरौँ जुटी नगरमा,उपलब्धि नौलो रहोस्
नाङ्योस् सांसद मस्तले सदनमा,तर देश नाङ्गो नहोस्।
(५)

छन्द : विन्ध्यवासिनी
गण : म – स – ज – स – ज – य – ल – गु
सङ्केत : SSS – IIS – iSI – IIS – IIS – ISS – I – S
विश्राम : १३ अक्ष

वि.सं.२०८३ असार १३ शनिवार ०७:४२ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...