back
CTIZAN AD

कविता : युगयुगौँ मेरो यही कामना

वि.सं.२०८३ असार १३ शनिवार

294 

shares

दीनानाथ पोख्रेल
सुम्बेक, इलाम-२, इलाम

संस्था होस् गतिशील उठ्दछ उँभो आकाश भेट्टाउँछ ।
छर्दै चेतनशील भाव भवमा दुर्भाव मेटाउँछ ।।
संस्था जीवित हुन्छ कर्मगतिले गर्ने गरूँ साधना ।
यो संस्था नमरोस् रहोस् युगयुगौँ मेरो यही कामना ।।०१।।

खुल्छन् रङ्ग तरङ्ग कर्मगतिले संसार जागा गरी।
छन् दायित्व बुझी उठूँ सब मिली सद्भाव सङ्‌ला छरी ॥
सारा चेत खुलून् सुकृत्य बटुलून् राखौँ यही चाहना ।
यो संस्था नमरोस् रहोस् युगयुगौँ मेरो यही कामना ।।०२।।

सारा वृद्ध उठून् डुलून् हित भरी आशा उमारून् नयाँ । चिन्ता, ताप, तनाव हर्नुछ सबै छर्दै उज्यालो नयाँ ।।
लेखौँ साथ जुटेर उठ्न सकियोस् मेरो छ आराधना ।
यो संस्था नमरोस् रहोस् युगयुगौँ मेरो यही कामना ।।०३।।

ठूलो शक्ति छ लेखनीसित बुझी लेख्ने लिँदै चिन्तन ।
लेख्ने मार्ग खनौँ जुटेर सबले फैलिन्छ दैनन्दिन ॥
जाली दुच्छरपूर्ण भाव नरहोस् उठ्दै गरौँ सामना ।
यो संस्था नमरोस् रहोस् युगयुगौँ मेरो यही कामना ॥०४॥

साथै बढ्‌नुछ विश्व बुझ्न सकियोस् बालूँ उज्यालो दियो।
वृद्धावृद्ध रमून् डुलोस् भुवन यो माझेर कालो हियो ।।
संस्था यो अगि बढ्न सक्छ सहजै साझा गरे साधना ।
यो संस्था नमरोस् रहोस् युगयुगौँ मेरो यही कामना ।।०५।।

संस्था बाँच्दछ साथले सहजले संज्ञान सङ्‌लो बनी।
आफ्नो नेत्र खुलेर बढ्‌छ दुनियाँ यौटा सुबाटो खनी ॥
मेरो कर्म डुलेर वृद्ध जनमा हाँसो भरोस् चाहना ।
यो संस्था नमरोस् रहोस् युगयुगौँ मेरो यही कामना ।।०६।।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S
कविता : तर देश नाङ्गो नहोस्

 

वि.सं.२०८३ असार १३ शनिवार ०७:४० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...