back
CTIZAN AD

अफगानिस्तानको भिडन्तमा नौ जनाको मृत्यु

वि.सं.२०७५ असोज १८ बिहीवार

702 

shares

१८ असोज, काबुल । अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा बुधबार राति तालिबानी लडाकूले आक्रमण गरेका थिए ।

तालिबानी लडाकूहरुले अब कमारी जिल्लामा बन्दुक र रकेट सहित भिषण हमला गरेको बताउँदै प्रान्तीय प्रहरी विभागले लडाकूहरुलाई धपाएको बताएको छ । यसक्रममा नौ जना लडाकू मारिएको विभागको भनाइ छ ।

अब कमारी जिल्लामा तालिबानका छायाँ गभर्नर पनि कारबाहीमा मारिएका छन । तर सुरक्षाफौजतर्फ कुनै क्षति भएको छैन । यसै वर्षको आरम्भदेखि यस दुर्गम जिल्लामा भीषण लडाइँ पटकपटक भइसकेको छ ।

संसद र जिल्ला परिषदको निर्वाचन हुनै लाग्दा देशभर तालिबान समूहले आक्रमण तिब्र बनाएका छन । लामो प्रतिक्षापछि आगामी अक्टोबर २० मा दुबै निर्वाचन हुँदैछ । चुनावमा करिब ९० लाखले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । अफगानिस्तानको संसद २४९ सदस्यीय छ ।

वि.सं.२०७५ असोज १८ बिहीवार १४:४७ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...