back

तामाकोशीमा शेयर लगानी : दुई दिनमै मागभन्दा बढी आवेदन

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

456 

shares


१६ कात्तिक, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् ।

बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । “सरकारी स्वामित्वको कम्पनीमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहन्छ भन्ने सन्देश गएको छ”, प्रवक्ता डा न्यौपानेले बताऐ।

कम्पनीले यही कात्तिक १९ गतेसम्म साधारण शेयर बिक्री गर्ने समयसम्म करीब छ गुणाको आवेदन पर्ने अनुमान छ । कम्पनीले गत बुधबार मात्रै दोलखावासीका लागि बिक्री गरेको साधारण शेयरको बाँडफाँट गरेको थियो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १९:२० मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...