
वल्र्ड हाइकु एसोसियनसको कार्यकारी सदस्यमा कवि प्रकाश पौडेल ‘माइला’ चयन भएका छन् ।
पौडेललाई अन्तराष्ट्रिय जगतमा हाइकु प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वल्र्ड हाइकु एसोसिसनका सदस्यहरुले पौडेललाई सन् २०१८ देखि २०२० सम्मको १० औं कार्यसमिति सदस्यमा चयन गरेका हुन् । उक्त अन्तराष्ट्रिय संस्थाको कार्यकारी सदस्यमा नियुक्त हुने पौडेल पहिलो नेपाली कवि हुन् ।
जापानको राजधानी टोकियो नजिकै साइतामा प्रान्तमा केही सातापछि हुने कार्यक्रममा उनलाई पदभार ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ । पौडेललाई आगामी वर्ष टोक्योस्थित मेइजी युनिभर्सिटीमा हुने विश्व हाइकु सम्मेलन कार्यक्रमको मूल आयोजक समितिमा पनि स्थान दिइएको छ ।
जापानको राष्ट्रिय हाइजिन (हाइकु कवि) समूहमा प्रवेश पाउने उनी पहिलो विदेशी पनि हुन् ।
उक्त संस्था विश्वभरिका हाइजिनहरुको संस्था हो । जापानबाट विश्वभर फैलिएको लघुतम कविता विधा नेपालसहित विश्वका धेरैजसो देशमा फैलिएको छ । सन् २०१७ को सेप्टेम्बर ८, ९ र १० मा इटलीको पर्ममा भएको नवौ सम्मेलनले टोक्योको मेइजी युनिभर्सिटीमा हुने दशौं सम्मेलनको कार्यक्रमको तय गरेको थियो ।
संस्थाले नियमित रुपमा हाइकु म्यागेजिन प्रकाशन गर्दै आएको छ । उक्त म्यागेजिनमा पनि पौडेलका हाइकु छापिन थालेका छन् ।
वल्र्ड हाइकु एसोसिएसनको कार्यकारी सदस्यमा नियुक्त हुनु भएछ नि भन्ने संसारन्युजको प्रश्नमा कवि पौडेलले भने, ‘यो मेरो मात्र सफलता नभएर, साहित्यमा सक्रिय सबै नेपाली विशेषगरि कवितालाई माया गर्ने सम्पूर्ण कविहरुको सफलता हो ।’ उनले हाइकुको माध्यमबाट पनि नेपालमा पर्यटक भित्राउन सकिन्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै आफ्नो नियुक्तिले आफूले देखेको सपनाको नजिक पु¥याएको विश्वास भएको बताए ।
१३ वर्षअघि पौडेल विद्यार्थी भिषामा जापान पुगेका पौडेल त्यहाँ हाइकु लेखनमा सक्रिय हुनुका साथै सफल रेष्टुरेन्ट ब्यवशायीका रुपमा नाम कमाएका छन् । केही समय अघिमात्र पौडेल र राम कुमार पाँडेको संयुक्त लेखनमा ‘हजार हाइकु’ सार्वजनिक भएको छ ।
सेप्टेम्बर २०१८ का दिन पौडेलकै नेतृत्वमा टोकियोमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन २०१८ सम्पन्न भएको थियो । उक्त अवसरमा वल्र्ड हाइकु एसोसिएसनका निर्देशक नाचुइशी बान्या सहित झन्डै एक दर्जन जापानी हाइकु कविले सहभागिता जनाएका थिए ।
पौडेल अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष समेत हुन् ।
वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १५:०० मा प्रकाशित






























