१. पृष्ठभूमि
नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा विरोधाभासले यहाँको सामाजिक–आर्थिक वास्तविकतालाई गहिरो रूपमा चित्रण गर्छ । विस्तृत विवरण वा सानो कुराको व्यंग्यात्मक अर्थ, नेपाली समाज वा साहित्यमा “सोचेको भन्दा ठीक विपरीत हुनु” हो । यसको मुख्य सार के हो भने, सानातिना कुरामा अल्झिएर मुख्य समस्यालाई बेवास्ता गर्नु वा सानो विवरणले ठूलो वास्तविकतालाई नै ढाक्नु हो । अङ्ग्रेजी शब्द क्ष्चयलथ को नेपाली अनुवाद विडम्बना वा व्यंग्य हुन्छ । कुनै पनि घटना वा कुराको अपेक्षा र वास्तविकता बीचको फरक नै व्यंग्यात्मक हो । यसलाई हामी दैनिक जीवनमा प्रयोग हुने केही दृष्टान्तबाट बुझ्न सक्छौंः
सोचाइ र गराइको फरकः जस्तै, कसैले देश बनाउन ठूला भाषण गर्छ तर आफैं सडकमा फोहोर फाल्छ । यहाँ भाषण र व्यवहारबीचको विरोधाभास नै व्यंग्य हो ।
साना कुरामा अल्झिनुः राष्ट्रिय स्तरका ठूला समस्या जस्तैः गरिबी, विकास, वातावरणीय प्रदुषण र जलवायु परिवर्तनलाई छोडेर, नेताहरू सानोतिनो विवरण अर्थात् कुन मन्त्रीको गाडी कस्तो हुने, कसको कुर्ची कता राख्ने जस्ता कुरामा महिनौं विवाद गरेर बस्ने जस्ता कुरा हामीले भोगेकै हौं । यो नै नेपाली राजनीति र समाजको सबैभन्दा ठूलो व्यंग्य हो ।
अर्थको अनर्थः जब कोही व्यक्ति सानातिना कुराको चुरो कुरो कोट्याएर अरुको आलोचना गर्छ, तर अन्त्यमा त्यही व्यक्ति आफैं त्यस्तै गल्ती गरिरहेको हुन्छ । संक्षेपमा भन्नुपर्दा, नेपालीमा लुकेको विडम्बना भनेको हामी साना र सतही कुराहरूमा यति धेरै अलमलिन्छौं कि त्यसले हाम्रो अगाडि रहेको मुख्य लक्ष्य वा वास्तविकतालाई नै छायामा पार्दिन्छ ।
२. ऐतिहासिक पृष्ठभूमि
नेपालको इतिहासमा शक्ति र स्रोतको वितरण सधैँ केही सीमित वर्ग, जाति र क्षेत्रको हातमा रह्यो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भए पनि शासक वर्ग र प्रणाली परिवर्तन भयो, तर आम जनताको जीवनस्तरमा तात्वीक रुपान्तरण हुन सकेन । नेपाली समाजको सामाजिक विडम्बना वा विसंगति भनेको यहाँको सिद्धान्त र व्यवहार, अनि परम्परा र आधुनिकताबीचको विरोधाभास हो । विविधतामा एकता हाम्रो सुन्दर नारा भए पनि इतिहासदेखि नै यहाँ विभेद, बहिष्करण र असमानताको अभ्यास हुँदै आएको छ ।
नेपाली समाजको ऐतिहासिक सामाजिक विडम्बनालाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छः
२.१ ‘चार वर्ण र छत्तीस जात’ र सामाजिक बहिष्करण
राजा पृथ्वीनारायण शाहले नेपाललाई “चार वर्ण र छत्तीस जातको साझा फूलबारी” भनेका थिए । तर, वि.सं. १९१० मा जंगबहादुर राणाले जारी गरेको मुलुकी ऐनले भने हिन्दु वर्ण व्यवस्थाका आधारमा नेपाली समाजलाई कठोर रूपमा विभाजन ग¥यो । कानुनी रूपमा सबै नेपालीलाई एउटै मालामा उनेको दाबी गरिए पनि, व्यवहारमा दलितलाई ‘अछूत’ र जनजातिहरूलाई ‘मासिन्या’ (दास बनाउन मिल्ने) वर्गमा राखियो । यसले विविधताको सुन्दर नाराभित्रै गहिरो सामाजिक असमानताको जग बसाल्यो ।
२.२ भाषा, संस्कृति र एकल राष्ट्रियता
विभिन्न जातजातिका आ–आफ्नै भाषा र संस्कृति रहेको यस देशमा, राज्यले एउटै भाषा (नेपाली) र हिन्दु संस्कृतिलाई मात्र राष्ट्रिय पहिचानको रूपमा अगाडि बढायो । “हामी सबै नेपाली एक हौं” भनिए पनि, यसले अन्य सयौं मातृभाषी र विभिन्न समुदायका मौलिक इतिहास र अनुभवहरूलाई ओझेलमा पा¥यो । एकल राष्ट्र निर्माणको यो प्रक्रियाले अन्य समुदायको पहिचान र अधिकारलाई खोस्यो ।
२.३ पितृसत्ता र महिलाको अवस्था
नेपाली समाजमा देवी–देवताको पूजा गर्ने र ‘नारीलाई लक्ष्मीको रूप’ मान्ने परम्परा छ । घर र मन्दिरमा महिलाको उच्च सम्मान गरिने भए पनि, व्यावहारिक जीवनमा उनीहरूलाई सम्पत्ति, शिक्षा र निर्णय प्रक्रियाबाट वर्षौंसम्म वञ्चित गरियो । छोराको चाहना राख्ने परम्परा र बोक्सीजस्ता कुरीतिहरू यसका ज्वलन्त उदाहरण हुन् ।
२.४ राजतन्त्र, प्रजातन्त्र र राजनीतिक विरोधाभास
नेपालमा राणा शासन, पञ्चायत हुँदै बहुदलीय व्यवस्था र गणतन्त्रसम्मको राजनीतिक यात्रा भयो । राजनीतिक परिवर्तनका लागि जनताले पटक–पटक रगत बगाए, तर शासनसत्तामा पुग्ने नेतृत्व वर्गले सधैं जनताको त्यागलाई भ¥याङ मात्र बनाए । लोकतन्त्र र समाजवादको नारा लगाउने नेताहरूमा सामन्ती सोच र भ्रष्टाचार हाबी हुनु नै नेपाली राजनीतिको सबैभन्दा ठूलो विडम्बना बनेको छ । नारा र भाषणमा समानताको कुरा प्रवृत्ति र व्यवहारमा अर्कै अभ्यास गर्ने शैली नेपाली समाजको विरोधभाष नै हो ।
२.५ परम्परा र आधुनिकताको जुधाइ
विज्ञान र प्रविधिको विकास, वैदेशिक रोजगारी र विश्वव्यापीकरणले नेपाली समाजलाई द्रुत गतिमा आधुनिकतातर्फ धकेलेको छ । आजका युवाहरू आधुनिक प्रविधि (स्मार्टफोन, इन्टरनेट) को प्रयोग गर्छन् र पश्चिमा संस्कृति अपनाउँछन् । तर, सामाजिक मूल्य मान्यता र व्यवहारमा भने उही पुरानो अन्धविश्वास, रूढीवाद र जात–पातको संकीर्णता जस्ताको तस्तै देखिन्छ ।
२.६ धर्मनिरपेक्षता र व्यवहार
नेपाल हाल धर्मनिरपेक्ष राज्य हो, जहाँ सबै धर्म र जातिका मानिसलाई समान हकको ग्यारेन्टी गरिएको छ । कानुनी रूपमा सबै समान भए पनि, दैनिक सामाजिक व्यवहार र विवाह, मृत्यु संस्कार जस्ता कार्यमा भने अझै पनि पुरातनवादी सोच र विभेद कायमै छ । धर्मको नाममा एकले अर्काको विरोध गर्ने, आफै ठूलो, मै जात्रे सुत्रे र मेरै धर्म ठूलो भत्रे विरोधभाष अझै टडकारो रुपमा सुत्र, देख्न, र भोग्न पाइन्छ ।
३.सामाजिक विडम्बनाको सिद्धान्त
यसलाई समाजशास्त्रीय दृष्टिकोणमा जर्मन दार्शनिक म्याक्स स्केलरले भनेझैं मध्यम वर्ग र तल्लो वर्गमा हुने एक प्रकारको आक्रोश र ईष्र्या भनेर बुझ्न सकिन्छ । मानिसहरू धनी हुन चाहन्छन् तर धनीहरूप्रति समाजमा गहिरो वितृष्णा पनि छ । साथै, सिद्धान्त र व्यवहार बीचको ठूलो खाडल यसको प्रमुख सैद्धान्तिक आधार हो । नेपाली समाजको सामाजिक विडम्बना भन्नाले यहाँका परम्परागत मूल्य–मान्यता, संवैधानिक सिद्धान्त र दैनिक व्यवहार तथा वास्तविक जीवनबीच देखिने गहिरो विरोधाभासलाई बुझाउँछ । सिद्धान्ततः समावेशी, प्रगतिशील र समतामूलक देखिए पनि, व्यावहारिक रूपमा नेपाली समाज केही जटिल सामाजिक–सांस्कृतिक र अर्थराजनीतिक सिद्धान्तहरूको घेरामा अल्झिएको छ ।
नेपाली समाजमा व्याप्त सामाजिक विडम्बनालाई विभिन्न समाजशास्त्रीय र राजनीतिक सिद्धान्तको आधारमा यसरी व्याख्या गर्न सकिन्छः
३.१ संरचनात्मक विभेद र जातीय स्तरीकरणको सिद्धान्त
समाजशास्त्री एन्ड्रेस होफरको अध्ययन र लुई डुमोन्टको जात व्यवस्थाको सिद्धान्तले नेपाली समाजलाई बुझ्न मद्दत गर्छ । कानुनी रूपमा नेपालमा छुवाछुत र जातीय विभेदको अन्त्य भइसकेको छ । तर, व्यावहारिक जीवनमा आज पनि ‘चार जात छत्तीस वर्ण’ को पदानुक्रमित सोच अनौपचारिक रूपमा जीवित नै छ । उच्च वर्ग र सीमान्तकृत समुदायबीचको शक्ति सन्तुलनमा अझै ठूलो खाडल छ ।
३.२ माक्र्सवादी वर्गीय विश्लेषण र नव–उदारवादको सिद्धान्त
यो सिद्धान्तले समाजमा स्रोत र साधनको वितरणमा हुने असमानतालाई जोड दिन्छ । नेपालले समाजवाद उन्मुख संविधान र समावेशी लोकतन्त्रलाई अंगीकार गरेको छ । तर, नव–उदारवादी बजार अर्थतन्त्रले आम नागरिकलाई विदेश पलायन हुन बाध्य बनाएको छ । गाउँका खेतहरू बाँझै छन्, युवाहरू विश्व बजारमा सस्तो श्रम बेच्न बाध्य छन्, र राजनीतिक नेतृत्व वर्ग उपभोक्तावादी पुँजीवादको जालोमा फसेको छ ।
३.३ पितृसत्ता र लैङ्गिक विभेदको सिद्धान्त
समाजशास्त्रीय दृष्टिकोणअनुसार, नेपाली समाज गहिरो पितृसत्तात्मक संरचनामा आधारित छ । संविधानले महिलाका लागि अधिकार र आरक्षणको सुनिश्चितता गरेको छ । तर, सामाजिक व्यवहार, बोल्ने उखान–टुक्का र दैनिक पारिवारिक जीवनमा महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिन्छ । नीति निर्माण तहमा महिला पुगे पनि, तल्लो तहमा उनीहरूको निर्णय गर्ने अधिकारलाई पितृसत्तात्मक सोचले कुण्ठित गरिरहेको छ ।
३.४ सांस्कृतिक संक्रमण र आधुनिकताको सिद्धान्त
यस सिद्धान्तले परम्परा र आधुनिकताको टकरावलाई व्याख्या गर्छ । नेपाली समाज ‘अतिथिको सत्कार’ र ‘वसुधैव कुटुम्बकम्’ को आदर्शबाट चिनिन्छ । तर, तीव्र शहरीकरण र आधुनिकताको नाममा समाज व्यक्तिवादी र अनामिक बन्दै गएको छ । छिमेकी–छिमेकीबीचको सम्बन्ध टाढिँदै छ र सामाजिक सद्भाव भन्दा पनि ईष्र्या र द्वन्द्वको भावना बढ्दै गएको छ ।
३.५ राजनीतिक विचलन र लोकतन्त्रको सिद्धान्त
राजनीतिशास्त्र र समाजशास्त्रको अन्तरसम्बन्धले देखाउँछ कि जब राजनीतिक नेतृत्व जनताको पहुँचबाट टाढा हुन्छ, तब सामाजिक विडम्बना जन्मन्छ । जनताको बलिदानीबाट प्राप्त लोकतन्त्रमा नेताहरू सेवक होइनन्, शासक बन्न पुगेका छन् । युवाहरू नेपालमा परिवर्तन खोजिरहेका छन्, तर राजनीतिक नेताहरूको सिन्डिकेट र नीतिगत भ्रष्टाचारले गर्दा जनतामा निराशा र कुण्ठा छाएको छ ।
नेपाली समाजको सबैभन्दा ठूलो सामाजिक विडम्बना नै यही हो कि यहाँ आदर्श र यथार्थ, कागजको नियम र व्यावहारिक संस्कार, तथा राजनीतिक स्वतन्त्रता र आर्थिक विपन्नताबीच गम्भीर खाडल छ ।
४. मूल कारण र स्रोतहरू
४.१ संरचनात्मक असमानताः नेपाली समाजमा सदियौँदेखिको सामन्ती व्यवस्था, वर्णव्यवस्था, र पितृसत्तात्मक सोचले घर गरेको छ । यस्ता असमान सामाजिक संरचना नभत्काएसम्म समाजमा सामाजिक भेदभाव कायमै रहने देखिन्छ ।
४.२ राजनीतिक अस्थिरता र भ्रष्टाचारः नेताहरूले देश विकास गर्ने नारा लगाएर चुनाव जित्ने तर सत्तामा पुगेपछि व्यक्तिगत स्वार्थमा लिप्त हुने प्रवृत्ति धेरै वर्षदेखि विद्धमान छ । जबसम्म राजनीतिक नेतृत्वमा देशका लागि केही गर्नु पर्छ भत्रे इच्छा शक्ति जागृत हुदैन तबसम्म समाजको आर्थिक तथा सामाजिक रुपान्तरण हुन कठीन देखिन्छ । भ्रष्टाचार नेपालको लागि ठूलो समस्या बन्दै आएको छ । जबसम्म भ्रष्टाचारमा शुन्यसहनशीलता अप्नाइदैन तबसम्म स्रोत र साधनको सही सदुपयोग हुन सक्दैन ।
४.३ सार्वजनिक नीतिमा असफलताः योजना राम्रा बन्ने तर कार्यान्वयन नहुने रोग नेपालमा धेरै वर्षदेखि रहदै आएको पाइन्छ । नेपालमा एउटा योजना सम्पत्र हुन वर्षौसम्म कुर्नु पर्ने हुन्छ । यसले गर्दा देशको आर्थिक तथा सामाजिक विकासमा बाधा पु¥याएको देखिन्छ ।
५. भूमण्डलीकरणको प्रभाव
विश्वव्यापीकरण भनेको विश्वभरका अर्थतन्त्र, समाज र संस्कृतिहरू बीचको अन्तरक्रिया र औद्योगिक राष्ट्रका वस्तु र सेवाको बजारीकरण प्रक्रिया हो । यसले प्रविधि, व्यापार, शिक्षा, र विचारहरूको आदान–प्रदानलाई सहज बनाउँछ । नेपाली समाज र संस्कृतिमा यसले सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । नेपाली समाज र संस्कृतिमा विश्वव्यापीकरणका प्रभावहरू यस प्रकार छन्ः
सांस्कृतिक आदान–प्रदानः विश्वव्यापीकरणका कारण नेपाली कला, संगीत, र परम्पराहरू विश्व मञ्चमा पुगेका छन् र विदेशी संस्कृति नेपालमा भित्रिएका छन ।
चेतनाको वृद्धिः इन्टरनेट र सामाजिक सञ्जालको पहुँचले नेपाली युवाहरूमा मानव अधिकार, लैङ्गिक समानता, र शिक्षाको महत्वबारे चेतना बढेको छ ।
आधुनिक जीवनशैलीः प्रविधि, चिकित्सा, र यातायातको विकासले नेपालीहरूको जीवनस्तर सहज र आधुनिक बन्दै गएको छ ।
शिक्षा र अवसरः विद्यार्थीहरूले विदेशमा उच्च शिक्षा हासिल गर्ने र नयाँ सीप सिकेर देशको विकासमा योगदान पु¥याउने अवसर पाएका छन ।
सकारात्मक पक्षः विश्वव्यापी ज्ञान, प्रविधि, शिक्षा र सचेतनाको पहुँच बढेको छ । पर्यटन र अन्तर्राष्ट्रिय व्यापारका नयाँ ढोकाहरू खुलेका छन् ।
नकारात्मक पक्षः नेपालका मौलिक संस्कृतिहरू लोप हुँदैछन् र पश्चिमी संस्कृतिप्रतिको आकर्षण बढेको छ । सबैभन्दा भयानक प्रभाव ब्रेन ड्रेनको रूपमा देखिएको छ, जहाँ लाखौँ दक्ष युवाहरू (डाक्टर, इन्जिनियर, प्राविधिक) देश छाडेर जाँदैछन् । पश्चिमा संस्कृति, खानपान जस्तैः फास्ट फूड, र फेसनको बढ्दो प्रभावले गर्दा युवा पुस्ता आफ्नो मौलिक परम्परा र संस्कृतिबाट टाढिँदै गएका छन । राम्रो अवसर र शिक्षाको खोजीमा युवा शक्ति विदेशिने क्रम बढेको छ, जसले गर्दा नेपालमा दक्ष जनशक्तिको अभाव खड्किएको छ ।
पारिवारिक विखण्डनः वैदेशिक रोजगारीका कारण गाउँघरमा वृद्धवृद्धा मात्र एक्लै बस्नुपर्ने अवस्था आएको छ भने पारिवारिक सम्बन्ध र सामाजिक सद्भावमा चुनौती थपिएको छ । विश्वव्यापीकरण नेपालका लागि अवसर र चुनौती दुवै बनेको छ । आफ्नो मौलिक पहिचान र परम्परालाई जोगाउँदै विश्वव्यापीकरणका राम्रा पक्षहरूलाई आत्मसात् गर्नु नै आजको आवश्यकता हो ।
६. अर्थतन्त्रको विडम्बना
नेपालको अर्थतन्त्रमा पनि ठूलो विरोधाभास छ । नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ । तर देश पूर्णतया उपभोक्तावादी र रेमिट्यान्समा आधारित अर्थतन्त्र बनेको छ । कृषिप्रधान देश भनिन्छ तर वार्षिक रुपमा खाद्यान्न तीन खर्ब भन्दा बढीको आयात हुन्छ । देशमा उद्योगहरू फस्टाउन सकेका छैनन् । युवा जनशक्ति विदेशिँदा श्रम अभाव छ, पुँजी पलायन भइरहेको छ, र मुद्रास्फीति बढ्दो छ । रेमिट्यान्सको भरमा मात्र देशको अर्थतन्त्र सधैँ चलाउन सकिँदैन भन्ने यथार्थ स्पष्ट छ । स्वदेशमै उत्पादन बढाउनुको विकल्प छैन । दलाल पू‘जिपतिहरुको जालो तोड्दै जनमूखी सरकारको तेतृत्वमा राष्ट्रिय पूजिको विकास गर्दै स्वाधीन अर्थतन्त्रको विकास नभएसम्म देश र जनताको जीवनस्तरमा परिर्वतन आउने संभावना देखिदैन ।
७. चुनौती र सिकेका पाठहरू
सामाजिक न्याय र समानतालाई कागजबाट व्यवहारमा उतार्न, विदेश गएका युवाहरूलाई फर्काउने वातावरण बनाउन, र भ्रष्ट्राचार नियन्त्रण गर्न ठूलो चुनौती छ । केवल राजनीतिक व्यवस्था परिवर्तन जस्तैः राजतन्त्रबाट गणतन्त्रले मात्रै समाज र अर्थतन्त्रको कायापलट हुँदैन । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा राज्यले लगानी नगरेसम्म गरिबी र असमानता हट्दैन । कानुन कडा बनाएर मात्रै सामाजिक कुरीतिहरू हट्दैनन्, चेतनाको स्तर पनि बढाउनु पर्ने देखिन्छ । यसको लागि विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा सामाजिक कुरीति र अन्धविश्वास जस्ता कुराको जानकारी गराउने विषयवस्तु समावेश गर्न जरुरी छ । त्यस्तै समुदाय स्तरमा स्थानीय सामाजिक संघ संस्थामार्फत पनि जन चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक देखिन्छ ।
८. रणनीति
अर्थतन्त्र र समाजको विडम्बनालाई चिर्ने रणनीतिहरू यस प्रकार छन्ः
कृषि तथा उत्पादनमा जोडः आयात प्रतिस्थापन गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिमा आधुनिकीकरण र व्यवसायिकीकरण अति नै आवश्यक छ । निर्वाहमूखी कृषिबाट व्यवसायिकीकरणतर्फ रुपान्तरण नभएसम्म कृषकको जीवन स्तरमा वदलाव आउने वाला छैन ।
युवामैत्री नीतिः स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने र उद्यमशीलतालाई प्रोत्साहन गर्ने । युवाहरु देशमै रहेर उद्योग व्यवसाय गर्ने सहज वातावरण हुनु अति नै आवश्यक छ । यसको लागि प्रभावकारी सार्वजनिक सेवा प्रवाह, सदाचार र सुशासन कायम गर्नु प्राथमिक सर्त हुन् ।
पारदर्शिता र सुशासनः राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा शुन्य सहनशीलता कायम गरी भ्रष्टाचार उन्मूलन गर्ने ।
सामाजिक जागरणः शिक्षा र चेतनाको माध्यमबाट लैङ्गिक तथा जातीय विभेद अन्त्य गर्ने । सामाजिक न्याय र सामाजिक समानताको अवसर सिर्जना गर्दै समानपातिक वितरण प्रणाली लागू हुन आवश्यक देखिन्छ । शिक्षा रोजगारमूलक हुन जरुरी छ । साथै राष्ट्रिय पहिचान कायम राख्न आफ्नो देशको संस्कृति, सभ्यता, रैथाने ज्ञान र हिमवत्खण्डको दर्शनको रक्षा गर्नु उत्तिकै आवश्यक छ ।
९.निष्कर्ष
नेपाली समाज र अर्थतन्त्रको विडम्बना भनेको स्रोतको अभाव होइन, बरु स्रोतको सही सदुपयोग नहुनु र राजनीतिक तथा सामाजिक इमानदारीताको कमी हो । समृद्धिको यात्रा तय गर्नका लागि हामीले सिद्धान्त र व्यवहार बीचको खाडल पुर्दै, स्वदेशी उत्पादनमा जोड दिने र सुशासनयुक्त समाजको निर्माण गर्नु अति आवश्यक छ । नेपाली समाजको मुख्य विडम्बना नै सैद्धान्तिक समानता र व्यावहारिक विभेदबीचको खाडल हो । यद्यपि अनुसन्धानमुलक अध्ययनहरूले औंल्याए अनुसार, शिक्षा र चेतनाको विकास तथा विभिन्न आन्दोलनका कारण यी ऐतिहासिक विडम्बनाहरू तोडिँदै छन् । समावेशी समाज निर्माणको यात्रा भने जारी नै छ ।
नेपाली समाजको मुख्य विडम्बना भनेको सैद्धान्तिक र कानुनी रूपमा अत्यधिक प्रगतिशील तर व्यावहारिक रूपमा पुरातन र पछाडि पर्नु हो । नेपालमा समावेशी संविधान छ र महिला तथा सीमान्तकृत वर्गको अधिकार विश्वमै उत्कृष्ट मानिन्छ । तर, समाजको तल्लो तहमा अझै पनि छुवाछूत, बोक्सीको आरोप, र छाउपडी जस्ता कुरीतिहरू व्याप्त छन् । अर्कोतर्फ, युवाहरू विदेश (खाडी मुलुक, युरोप, अमेरिका) पुगेर पसिना बगाएर रेमिट्यान्स नपठाउने हो भने देशको अर्थतन्त्र नै चल्दैन । तर, यति धेरै विदेश पलायन हुँदा पनि देशमा कृषि योग्य जमिन बाँझै छ । विप्रेषणले गर्दा नेपाली जनतालाई परनिर्भरतर्फ धकेलेको छ । दिर्घकालीन रुपमा विप्रेषणले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने देखिन्छ । अस्तु ।
वि.सं.२०८३ जेठ ११ सोमवार ०७:५३ मा प्रकाशित






























