back
CTIZAN AD

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

वि.सं.२०८३ साउन ५ मंगलवार

249 

shares

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको मूल्य दुई पटक बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले किसानको उत्पादन लागत बढेको भन्दै पुनः फार्म मूल्य समायोजन गरेको हो।

संघले साउन ५ गते बसेको बैठकबाट साउन ६ देखि लागू हुने गरी सबै श्रेणीका अन्डाको फार्म मूल्य प्रतिक्रेट ५० रुपैयाँले बढाउने निर्णय गरेको जनाएको छ। यसअघि पनि साउन १ गते बसेको बैठकले साउन २ देखि लागू हुने गरी अन्डाको मूल्य बढाएको थियो। यसरी चार दिनको अन्तरालमै दोस्रो पटक मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५१५ रुपैयाँ, ठूलो अन्डाको ५०० रुपैयाँ र मिडियम अन्डाको ४७० रुपैयाँ कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी २ सय रुपैयाँ बढाएर २ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।

फार्म मूल्य बढेसँगै बजारमा अन्डाको खुद्रा मूल्य पनि बढ्ने भएको छ। संघले उपभोक्ताका लागि प्रति गोटा २५ रुपैयाँ खुद्रा मूल्य निर्धारण गरेको छ।

नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले उत्पादन लागत, दानाको मूल्य तथा बजारको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै किसानलाई राहत पुग्ने गरी नयाँ समर्थन मूल्य तय गरिएको बताए। उनका अनुसार अन्डा उत्पादनलाई निरन्तरता दिन किसानको लागत व्यवस्थापन आवश्यक भएकाले मूल्य समायोजन अपरिहार्य बनेको हो।

छोटो अवधिमै लगातार मूल्य बढेपछि बजारमा अन्डाको भाउ थप महँगिएको छ। यसले उत्पादक किसानलाई केही राहत पुग्ने अपेक्षा गरिए पनि उपभोक्ताले भने दैनिक उपभोग्य वस्तुमा थप खर्च व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ।

वि.सं.२०८३ साउन ५ मंगलवार १६:२० मा प्रकाशित

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

रसुवामा भीषण बाढी : राजनीतिक दलका नेताहरूको यस्तो अपिल

काठमाडौं । रसुवामा अचानक आएको अत्यन्त ठूलो बाढीका कारण स्याफ्रुबेसीसहितका...

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

भोटेकोसीमा अचानक आएको बाढी, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीका कारण रसुवा र...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...