back
CTIZAN AD

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

वि.सं.२०८३ जेठ ११ सोमवार

441 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना तथा राष्ट्रिय समन्वय परिषदको समन्वयमा ११औँ एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आगामी अगस्ट १५ र १६, २०२६ मा चीनको ग्वाङझाउस्थित Crowne Plaza Guangzhou City Centre मा आयोजना हुने भएको छ।

आरोहण २०२६ – Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links” मूल नारासहित आयोजना गरिने सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकाससँग जोड्ने उद्देश्य लिएको आयोजकले जनाएको छ। सम्मेलनको संयोजकत्व एशिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेललाई दिइएको छ।

विश्वव्यापी व्यापारिक केन्द्रका रूपमा परिचित ग्वाङझाउमा आयोजना हुने उक्त सम्मेलनले एशिया–प्रशान्त क्षेत्रमा रहेका दक्ष, अनुभवी तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी तथा पर्यटन अवसरसँग जोड्ने लक्ष्य राखेको छ। सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (B2B Networking), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार क्षेत्रमा विज्ञहरूको नेटवर्क निर्माणलगायत विषयमा गहन छलफल हुने जनाइएको छ।

यसका साथै श्रमिक सुरक्षासम्बन्धी नीतिगत विषय, महिला उद्यमशीलता तथा युवा सहभागितालाई पनि सम्मेलनले विशेष प्राथमिकतामा राखेको आयोजकको भनाइ छ।

सम्मेलनले दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई आफ्नो मौलिक पहिचान, भाषा, संस्कृति र मातृभूमिसँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली युवालाई संस्कृति, खेलकुद, साहसिक पर्यटन र ट्रेकिङमार्फत नेपालसँग भावनात्मक सम्बन्ध विस्तार गर्ने लक्ष्य समेत सम्मेलनले लिएको छ।

दुई दिने सम्मेलनमा पाँच वटा विभिन्न विषयगत सत्र सञ्चालन हुनेछन्। सम्मेलनको पहिलो दिन अर्थात् अगस्ट १५ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना गरिनेछ। त्यसपछि “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयक विशेष सत्र सञ्चालन हुनेछ, जहाँ जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा उत्पादनमूलक उद्योगका विषयमा छलफल गरिनेछ।

त्यसैगरी दोस्रो दिन अगस्ट १६ मा पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता तथा पुस्तान्तरणीय सम्बन्धका विषयमा विशेष छलफल हुने कार्यक्रम तय गरिएको छ।

सम्मेलनको समापनमा “ग्वाङझाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिने आयोजकले जनाएको छ।

सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा एनआरएनए नेतृत्व, लगानीकर्ता, व्यवसायी, कूटनीतिज्ञ, सरकारी अधिकारी तथा दोस्रो पुस्ताका नेपाली युवाहरूको उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

वि.सं.२०८३ जेठ ११ सोमवार ०७:३१ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...